» » महोत्तरीका तीनजना पत्रकार युनेष्को मिडिया एम्बेष्डर

महोत्तरी, पुस ५ गते । युनेष्कोले एक कार्यक्रममा महोत्तरी जिल्लाका तीन वरिष्ठ पत्रकारहरुलाई युनेष्को मिडिया एम्बेष्डर घोषणा गरेको छ ।

युनेष्को आमसंचार विभागका संयोजक सीताराम अग्रहरीले महोत्तरी जिल्लाका प्रेस स्वतन्त्रता सेनानी विन्देश्वरी प्रसाद मण्डल, कुँवरकान्त झा तथा वरिष्ठ पत्रकार दशरथ भण्डारीलाई मिडिया ब्राण्ड एम्बेष्डर घोषणा गर्नु भएको हो ।

महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा महोत्तरी, धनुषा र सर्लाहीका संचारकर्मीहरुको लागि युनेष्कोले आयोजना गरेको शान्ति र दिगो विकास कार्यशाला गोष्ठीमा फूलको माला लगाएर उहाँहरुले पत्रकारिताक्षेत्रमा पु¥याएको योगदानको कदरस्वरुप मिडिया ब्राण्ड एम्बेष्डर घोषणा गरिएको संयोजक अग्रहरीले बताउनुभयो ।

संयोजक अग्रहरीले यस्ता कार्यक्रमहरुले शान्ति तथा सदभाव बढाउनेमा सहयोग पुग्ने अपेक्षा समेत राख्नुभएको थियो । उहाँले यस्ता कार्यक्रमहरु विभिन्न जिल्लामा समेत गरिने वताउनुभएको थियो ।

About Suresh Yadav

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..