» » सरकारले ल्याएको तीन बुँदामा छलफल गर्न राजदूतको मोर्चालाई सुझाव

काठमाडौ पुस ८ गते । नेपालका लागि भारतीय राजदूत रञ्जित रायले मन्त्रीपरिषद्ले गरेको तीन बुँदे प्रस्तावमा छलफल गर्न मधेशी मोार्चाका नेताहरुलाई सुझाव दिनुभएको छ ।

उनले सबै कुरा एकैपटकमा प्राप्त हुँदैन, त्यसलाई क्रमिक रुपमा सुधार गर्दै र छलफल गर्दै जानुपर्छ भन्दै सरकारले गरेको पछिल्लो निर्णय स्वागतयोग्य रहेको धारणा दोहोर्यानु भएको छ । पूर्व राजदूत, नागरिक समाज तथा बुद्धिजिवीहरुसँगको आज दूतावासमा भएको लन्च मिटिगंमा बोल्दै रायले त्यस्तो सुझाव दिनुभएको हो ।

राजदूत रायले मधेशवादी दलले गरिरहेको नाकाबन्दीको आरोप लगाउनु गलत भएको पनि भन्दै बरु यस्तो गलत आरोप लगाउनु भन्दा त समस्याको समधान तिर जाँदा राम्रो भन्दै मधेशवादी दलले पनि जिद्द लिएर बस्नु हुँदैन, वार्ता र छलफललाई अगाडि बढाउँदै जानुपर्छ र कमीकमजोरीलाई क्रमिक सुधार गर्दै जानुपर्नेमा उहाँको जोड थियो ।

उहाँले पटक पटक यो आन्दोलनमा भारतलाई नजोड्न आग्रह गर्नुभएको थियो । भारत नाकाबन्दी गरेका होइन, भारत समस्याका समधान चाहेका छन्, नेपालको असल मित्र हो र असल मित्र भएर बस्न चाहन्छ, सधै भलाई चाहेका थिए अहिले पनि भलाई नै चाहन्छन् भन्दै राजदूतले देशमा देखिएको समस्या चाँडो समधान हुनुपर्ने कुरामा जोड दिएक थिए ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..