» » ठाउँ ठाउँमा सिके राउतको कार्यकर्ता पक्राउ


काठमाडौ मंसिर २४ गते । मानव अधिकार दिवस मनाई रहँदा प्रहरीले मधेशमा नेता तथा कार्यकर्ता धडपकड गरेको छ । सर्लाहीको मलंगवामा आज स्वतन्त्र मधेश गठबन्धनले आयोजना गरेको अन्तरक्रियामा प्रहरीले हस्तक्षेप गरी गठबन्धनका उपसंयोजक कैलाश महतोसहित नेता तथा कार्यकर्तालाई पक्राय गरेको छ । पक्राऊ पर्नेहरूमा धर्मलाल राय, हृदयनारायण चौधरी, सरोज यादव समेत रहेका छन्।  गठबन्धनका प्रवक्ता अब्दुल खानका अनुसार प्रहरीले बल प्रयोग गर्दै र धम्काउँदै कार्यक्रममा सहभागीलाई तितरवितर गरेको थियो र कार्यक्रम स्थलमा तोडफोड गर्नुका साथै ब्यानर समेत खोलेर लगेको छ ।
मंसीर २१ ललितपुरको पाटन औद्योगिक क्षेत्रभित्रबाट आशुतोष प्रिन्टिंग प्रेसका मालिक रोशन साहलाई नेपाल प्रहरीले ूबुद्ध, गांधी र मंडेलाको तस्वीर अगाडिको गातामा तथा डा. सी. के. राउतको परिचय पछाडिको गातामा रहेकोू गठबन्धनको पर्चा छापेको अभियोगमा गिरफ्तार गरेको थियो । साहलाई स्थानीय प्रशासनले सार्वजनिक मुद्दाको कारबाही अगाडी बढाएर हिरासतमै राखिएको जनाएको छ।
त्यसैगरी, मंसीर ८ गते बाराको बरियारपूरबाट ुमंसीर १० गतेको रंगभेदी गिरफ्तारीको वार्षिकी मनाउनेु कार्यक्रमको विषयमा बैठक गरिरहेको बेलामा ब्रजेश कुमार सिंह, सदाम अंसारी, विनोद शर्राफ र बिटू साहलाई गिरफ्तार गरेका थिए। उनीहरु चारै जनामाथि झूठा खरखजाना ऐनको मुद्दा चलाइएको छ । ब्रजेश कुमार सिंह र सदाम अंसारीलाई पुर्पक्षका लागि वीरगंज कारागारमा पठाइएको छ, भने बाँकी दुई जनालाई हिरासत मुक्त गरिएको छ ।
काठमाडौंमा संयुक्त राष्ट्रसंघको भवन अगाडिबाट ३१, सिरहाबाट ३४, रौतहटबाट २४, बाराबाट ४ र पर्साबाट १ जनालाई गिरफ्तार गरिएको गठनबन्धनको दावी छ । विराटनगर र लहानमा प्रहरीले बल प्रयोग गर्दा शांतिपूर्ण प्रदर्शन गरिरहेका करीब आधा दर्जन कार्यकर्ताहरू घाइते भएका थिए।
२०७१ साल मंसीर १० गते सरकारले काठमाडौंको सुन्धारा क्षेत्रबाट ३०० भन्दा बढी मधेशीलाई गिरफ्तार गरेको घटनाको अवसरमा गठबन्धनले विभिन्न जिल्लाहरूमा यही मंसीर १० गते प्लाकार्ड सहित शांतिपूर्ण प्रदर्शन गर्दै रंगभेदी गिरफ्तारीको वार्षिकीु मनाउने निर्णय गरेको थियो।

About Suresh Yadav

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..