» » नवलपुरमा प्रहरीको गोली लागि २८ जना घाइते, ८ जनालाई भारतमा रेफर

सर्लाही, मंसिर १७ गते । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले पूर्व पश्चिम राजमार्गमा पर्ने नवलपुरमा बिहीबार बृहत मानवसागर जनप्रदर्शन गरेको छ । मोर्चाले हजाराँै हजारंको संख्यामा मानिसहरु राजमार्गमा उतारेको छ । जनप्रर्दशनको लागि मोर्चाको कार्यकर्ताहरु सर्लाही जिल्लाको हरेक ठाँउवाट मान्छेलाई लिएर नवलपुरमा उतारेको थियो ।

आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले सर्लाहीको नवलपुरमा गर्ने भनिएको विरोधसभामा  प्रहरीद्धारा अन्धाधुन्द अश्रु ग्यास, हवाई फायरिग र गोली चलेको छ । विरोध सभालाई बिथोलिने क्रममा प्रहरीले चलाएको गोली वाट ८ जना गम्भिर घाइते भएको छन् भने दर्जनौलाई गोली गोली छर्रा  चोटपटक लागि घाईते भएका छन् ।घाइते २८ जना अहिलेसम्म जिल्ला अस्पताल मलंगवामा उपचारका लागि पुगेका छन् । गम्भीर घाइते ८ जनाको उपचार मलंगवामा सम्भव नभएपछि उनीहरुलाई भारतको सितामढी र पटना रेफर गरिएको जिल्ला अस्पताल मलंगवाले जनाएको छ ।

सर्लाहीको नवपलपूरमा प्रहरीले अन्धाधुन गोली चलाउंदा ,मनोहर यादवको, नागेन्द्र ठाकुर , उदय मिश्र र नाम नखुलेका अन्य एक जना घाइते भएका छन् । मनोहर यादबको पेटमा गोली लागेको छ, अवस्था गम्भिर र घाइतेहरुको उपचारका लागि मलंगवा लगिएको छ ।

दुई पक्षबीच झडप भएपछि प्रहरीले केही सेल दर्जनौँ दर्जन शेल अश्रुग्यास प्रहार गर्नुका साथ हवाई फायरसमेत गरेको छ । आन्दोलनकारी र प्रहरीवीच पटक पटक झडप हुदा दुबैतर्फ केही मानिसहरु घाइते भएको जनाइएको छ । मोर्चाको कार्यक्रम विफल गरेपछि नेकपा एमालेका कार्यकर्ताहरुले नवलपुरमा प्रदर्शन गरेको छ । चुरेभावरको झण्डा बोकेका एमाले युवा संघ तथा एमालेका कार्यकर्ताहरुले अबेर साँझसम्म प्रदर्शन गरिरहेको स्थानीय पत्रकारहरुले  बताएका छन् ।



यता राष्ट्रिय मानव अधिकार आयोगको गाडिमा चुरेभावरका कार्यकर्ताहरुले आगजनी गरेको मोर्चाका नेताहरुले बताएका छन् । मोर्चाका नेताहरुले मानव अधिकार आयोगको गाडि जलाउने विषयमा तत्काल छानविन गर्न पनि माग गरेको छ । मोर्चाको कार्यक्रममा आएको दुईवटा मोटरसाइकल एमाले कार्यकर्ताहरुले जलाएका छन् । तर प्रहरीले पुष्टि गरेको छैन ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..