» » कालोबजारीका लागि लग्दै गरेको ग्यास सिलिन्डर बरामद

फाइल फोटो
सिरहा, ४ पुस । पूर्वपश्चिम राजमार्ग अन्तर्गत बन्दीपुरमा दुुर्घटनामा परेको ट्रकबाट कालो बजारी गर्नका लागि काठमाडौँमा बिक्री गर्न लगिरहेको खाना पकाउने एलपी ग्यास सिलिन्डर प्रहरीले आज बिहान बरामद गरेको छ ।

विराटनगरबाट काठमाडौँतर्फ जाँदै गरेको ना २ ख ६९३१ नंको ट्रक दुर्घटनामा परेपछि उक्त गाडीबाट ७५ थान  सिलिन्डर बरामद गरिएको हो । स्रोतका अनुसार सिलिन्डरमा भारतबाट ग्यास भरेर काठमाडौँ कालोबजारी गर्न  लगिँदैै थियो ।

जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी उपरीक्षक श्याम ज्ञवालीले कालोबजारी गर्न काठमाडौँ लगिरहेको सूूचना पाएपछि उक्त  सिलिन्डर नियन्त्रणमा लिइएको बताउनुुभयो । उहाँले भन्नुुभयो, “वीरगन्जमा उद्योग रहेको मनोज ग्यासको सिलिन्डर छ तर विराटनगरबाट काठमाडौँ लग्दा शङ्का लागेकाले नियन्त्रणमा लिएका छौँ ।”

भारतले गरेको अघोषित नाकाबन्दी र मधेसमा जारी आन्दोलनका कारण अहिले देशभर खाना पकाउने ग्यासको हाहाकार भएको छ । यस्तो अवस्थामा व्यापारीले भारतबाट नेपाली सिलिन्डरमा ग्यास भरेर काठमाडौँ पु¥याई कालोबजारी गर्ने गरेका छन् ।

About Suresh Yadav

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..