» » मधेशी मोर्चाका नेताप्रति कार्यकर्ता संशकित

राजविराज, मङ्सिर १९ गते । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा आवद्ध दलका अध्यक्ष सर्लाही लगायत विभिन्न ठाउँमा हुने शोकसभालाई छाडेर वार्ताका लागि काठमाडौ गएकोमा विभिन्न दल तथा संगठनमा आवद्ध नेताहरुले आपत्ति जनाएको छ ।

सप्तरीको राजविराजमा आयोजित श्रद्धाञ्जली कार्यक्रममा आन्दोलन समितिका प्रवक्ता बलराम यादवले मोर्चा आवद्ध दलका अध्यक्षहरु श्रद्धाञ्जली कार्यक्रमलाई वेवास्ता गरेको आरोप लगाउँदै वार्ताको नाममा सुटुक्क काठमाण्डौ गएको आरोप लगाए । उनले सीमांकन हेरफेर बिनाको सम्झौता नगर्न चेतावनी पनि मोर्चाका नेताहरुलाई चेतावनी दिए । वार्ताको नाममा संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव, तमलोपाका अध्यक्ष महन्थ ठाकुर काठमाण्डौ गएको बताएको छ ।

काठमाण्डौ पुगेका मोर्चाका नेताहरु वार्तामा नगएर सिघै भारतीय राजदुतावास पुगेपछि जिल्ला स्तरका नेता तथा कार्यकर्ता थप शंशकित एवं आक्रोशित भएका छन् । भारतीय दुतावासको आग्रह तथा सल्लाहमा सीमाकंन हेरफेरको मुद्दालाई ओझेलमा पारेर आन्दोलन तुहाउने काम भयो भने मोर्चाका ती नेताहरुलाई ठिक नहुने सप्तरीका नेताहरुले चेतावनी दिएका छन ।

मधेशी जनता र जारी आन्दोलनको मर्म र भावना विपरित मोर्चा आवद्ध दलका अध्यक्षहरु कुन लोभ लालचमा फस्न लागेको हो भन्ने मधेसी जनताहरु आशंका व्यक्त गर्न थालेका छन । हिजोदेखि आजसम्म बिभिन्न चोक चौराहा, चिया पसल, पान पसल तथा दुई÷चार जनाको जम्काभेटमा मधेशवादी दलका अध्यक्षहरु बारे टिकाटिप्पनी शुरु भएको छ । अधिकाँश टिकाटिप्पनीमा अब मधेसीको माग पूरा हुन्छ, बन्दले निकाश पाउँछ या त मोर्चाका आवद्ध दलका अध्यक्षहरु फेरी मधेसी जनतालाई धोखा दिन्छ । 



About Suresh Yadav

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..