» » पत्रकारमाथि प्रहरीको ज्यादती

सप्तरी २२ मंसिर । चार जना पत्रकारलाई कुटपिट गरेको दुई हप्ता नबित्दै प्रहरीद्धारा सप्तरीको भारदहमा पुनः दुई पत्रकार माथी दुरव्यवहार भएको छ ।
सप्तरीको भादहमा मधेश आन्दोलन सम्बन्धी समाचार संकलन गर्न गएका पत्रकार  सुभक कुमार महतो र साक्षी पोष्ट दैनिक सिरहाका सम्पादक संतोष कुमार यादवलाई सस्त्रप्रहरीको टोलीले दुरव्यवहार गरेको छ ।
सस्त्रप्रहरी निरिक्षक अमर सिंह नेपालीको कमाण्डमा डिउटीमा रहेका प्रहरीको तस्वि खिच्ने क्रममा पत्रकार द्धय महतो  र यादवलाई सस्त्र प्रहरीका जवनाहरुले गाली ग्लोज र दुरव्यवहार गर्दै क्यामरा खोसेर तस्विर हटाउन लगाएको स्थानिय प्रत्यक्ष दर्शीहरुले बताएका छन ।
घटना लगतै पत्रकार संग सम्बन्धीत संघ संस्थाहरुको ध्यान आर्कषन भएको छ । नेपाल पत्रकार महासंघ सप्तरी शाखाका उपाध्यक्ष श्रवण कुमार देव र मधेशी पत्रकार समाज नेपाल सप्तरी शाखाका अध्यक्ष शैलेन्द्र कुमार सिंहले घटनालाई छानविन गरी दोषी प्रहरी उपर तत्काल कार्वाहीको माग गरेको छ ।
यसअघि मंसिर ६ गते सामाचार संकलन गर्न र तस्वीर खिच्न गएका पत्रकार महासंघ सप्तरीका सचिव ओमप्रकाश साह, पार्षद सतीशकुमार दत्त, ग्रीन मधेश दैनिकका परिषद् कर्ण र सी. एफ.एम.का आशुतोष आनन्द सिंहलाई प्रहरीले लाठी प्रहार गरी घाईते बनाएको थियो भने प्रहरीले विलोचन सप्ताहिकको कार्यालय रहेको नेहाअफसेट प्रेसमा समेत तोडफोड गरेका थिए ।

About Suresh Yadav

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..