» » पेट्रोल तस्करी गरेको भन्दै मोर्चाका कार्यकर्ताले एक युवकलाई आगो लगाए

नवलपरासी, मंसिर १६ गते । मधेसी मोर्चाका कार्यकर्ताले  नवलपरासीको सनई ९ पडरीमा तेल तस्करी गरेको भन्दै एक युवकलाई आगो लगाएका छन् । रुपन्देही फर्सा्टिकर गाविस घर भएका अन्दजी  २५ बर्षिय संदिप यादवलाई स्थानीय मोर्चाका कार्यकर्ताले जिउमा आगो लगाएका हुन ।
घाइते भएका यादवको पृथ्वीचन्द जिल्ला अस्पताल परासीमा उपचार भइरहेको छ । घाइते यादवको अवस्था गम्भीर रहेको अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डाक्टर नुरुल होदाले जानकारी दिनुभएको छ ।

सनई–९ पडरी गाउँमा आफ्नो फुपूको घरमा आएको र मोटरसाइकलमा फर्कने बेला पेट्रोल लगेका भन्दै यादवलाई मोर्चाका कार्यकर्ताले जिउमा पेट्रोल छर्कि आगो लगाएको यादवकी फुपू विन्द्रावतीले बताउनुभयो । यादव चढेको लु ३ प २०१७ नम्बरको मोटरसाइकल समेत जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

आगो लगाउने मोर्चाका तीनजना कार्यकर्ता पक्राउ परेको प्रहरीले जनाएको छ । पक्राउ पर्ने एक जना राजेश सैथवार रहेको र अन्य दुइ जनाको नाम नखुलेको र अनुसन्धान भैरहेको प्रहरी नायब उपरिक्षक अर्जुन रानाभाटले बताउनुभएको छ ।




















About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..