» » आोलीको भविष्यवाणी: १० दिनभित्र नाकाबन्दी खुल्छ

प्रधानमन्त्री केपी शर्मा ओलीले अहिलेको समस्या १० दिनमा टुंगिने दाबी गरेका छन् ।

गृहजिल्ला झापा जाने क्रममा हिजो अपरान्ह बिराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रम ओलीले मधेस आन्दोलन र भारतको नाकाबन्दी टुंगिने मिति नै तोकेका हुन् ।


‘अहिलेको समस्या १० दिनभित्र समाधान हुन्छ । भारतीय नाकाबन्दी पनि खुल्छ’, उनले भने, ‘१० दिनभित्र सबै समस्या समाधान भइसक्छ ।’

अन्नपूर्णपोष्टका अनुसार प्रम ओलीले मधेसी मोर्चासँग औपचारिक र अनौपचारिक वार्ता जारी रहेकाले सबै समस्या एकसाथ टुंगिनेमा विश्वस्त हुन आग्रह गरे ।

सञ्चारकर्मीले भारतबारे सोधेको प्रश्नमा भने प्रम ओली बोल्न चाहेनन् । ‘म अहिले भारतबारेमा कुनै टिप्पणी गर्दिनँ’, उनले भने ।

नाकाबन्दीपछि देशमा भइरहेको तस्करीबारे आफू गम्भीर भएको बताउँदै तस्करीमा संलग्नलाई सरकारले कारबाही गर्ने बताए । 'तस्करहरुलाई कारबाही गर्छौं’, उनले भने, ‘यो समस्या लामो समय जाँदैन ।’ 

About Suresh Yadav

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..