» » पहाडी नेता दुतावास दिनदिनै जाँदा केही नहुने मधेसी नेता एकपटक जाँदा ढिढोरा पिट्ने !

शायद नेपालको ईतिहासमा पहिलो पटक होला कि भारत सरकारले नेपालबाट पहाड़ी पार्टीका नेता बाहेक मधेस केन्द्रित दलका नेताहरूलाई सरकारी निमन्त्रणामा बोलाएको छ। नेपाली खस मिडियाहरू एकसुरले मधेस भारत परस्त छ भने आरोपित गर्ने कार्यमा लागीसकेका छन। काठमाण्डू सत्ताका यी खेलाडीहरू कुन ग्रहबाट आएका हुन बुझी नसकनु छ। मधेसी नेताहरू वार्ता अस्वीकार गरी भारतीय दुतावास के छिर्नु भरखरै ओलीका सल्लाहकारको भारतीय दुतावास छिरेर वार्ता गरेको कुरा नै मिडियाले बिर्सी हाले। मधेसी नेताहरूको भारत भ्रमणको निम्तो के आयो हालसालै विना निमन्त्रण भारतका विदेश मन्त्री सुषमा स्वराजसंग भेट्न पुगेका कमल थापाको भारत भ्रमण खस मिडियाकालागि चासोको विषय नै रहने। पहाड़ी नेताहरूको भारत भ्रमण राष्ट्रवादी भ्रमण थियो भने मधेसी नेताहरूको एेतिहासिक भ्रमण राष्ट्रघाती ! कस्तो विडम्बना, भारतसंग मिल्नु, भारतलाई सारा नदीनाला सुम्पिनु, भारतलाई गाली गर्नु जस्ता कार्यहरूको प्राधिकार नै यी खस नेताहरूले आफ्नै नाममा तमसुक गराएको जस्तो गर्दै छन। 
यता आएर नेपाल स्थायी सत्ताका केन्द्रका प्रभावशाली व्यकतित्वहरू चाहे त्यों राजनीतिक क्षेत्रका होस वा कुटनीतिक क्षेत्रका, चाहे त्यों पुजिपति वर्गको होस वा मिडिया क्षेत्रको होस सबले एक स्वरले भारतका प्रतिपक्षीका नेताहरूलाई भारत सरकार विरूद्ध मित्र नेपालमा अघोषित नाकाबन्दी गरेको, नेपाली जनता जो भारतका अविच्छिन्न मित्र शक्ति हो लाई आपार कष्ट र दुखको चक्रव्यूहमा भारत सरकारद्वारा जेलिए जस्ता कुप्रचार खुब गरिएको छ। भारतका प्रतिपक्षी नेताहरू दिग्भ्रमित भएका छन, नेपालको मधेसीहरूद्वारा संचालित मधेस आन्दोलन नै एकमात्र नेपालमा भएका समस्याहरूको जड़ हो भन्ने बुझाउनु मधेसी नेताहरूको मुख्य दायित्व हुने छ। खस नेताहरूद्वारा भारतमा बनाएको झुठको बाक्लो घेरालाई चिर्नु मुख्य पाटो भ्रमणको उदेश्य बनाईनु पर्दछ। यति त पक्का छ की भारत सरकार र रोटी बेचारों सम्बन्धमा बाधिएका भारतीय जनता मधेसको यो निर्णायक संघर्षमा साथ साथ नै छ र रहने छ।

About Suresh Yadav

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..