» » राजदूतसँग छलफलपछि महाराजगञ्जमा काँग्रेससँग मोर्चाको वार्ता जारी


काठमाडौ पुस ६ गते । मधेशमा मात्र वार्ता गर्ने भनि घोषणा गरेका संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले अहिले काँग्रेससँग वार्ता गरिरहेका छन् । यसअघि मधेशी मोर्चाका नेताहरुले लैनचौरस्थित भारतीय राजदूतवासमा गएर नेपालका लागि भारती राजदूत रञ्जित रे सँग पनि छलफल गरेका छन् ।

कोइराला निवास महाराजगञ्जमा भइरहेको छलफलमा संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव, तराई मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुर, तराई मधेश सद्भावना पार्टीका अध्यक्ष महेन्द्र राय यादव र सद्भावना पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्णलगायतका नेताहरु सहभागि रहेको स्रोतले जनाएको छ ।

अबको वार्ता मधेशमै हुने घोषणा गरेका मधेशी मोर्चाका नेताहरु पुस ४ गते र आज गरि दुई पटक काँग्रेससँगै वार्ता गरेका छन् जब कि पत्रकार सम्मेलन गरि नै प्रतिपक्ष दल तथा सत्तापक्षसँग वार्ताको कुनै औचित्य नरहेको, औचित्य समाप्त भएको छ सरकारलाई वार्ताको आवश्यकता पर्छ भने मधेशमै वार्ता हुने घोषणा गरेका थिए । तर पटक पटक कोइरालाको निवासमै गएर वार्ता गरेका छन् ।

काँग्रेस पार्टीले आफ्नो विधेयक पास हुनमा सहयोग गरेपछि अन्य मुद्दामा सहयोग गर्ने भन्दै मधेशी मोर्चाका नेताहरुलाई आफूतिर तान्ने प्रयास गरिरहेको बैठकमा सहभागि एक नेताले बताए ।

आजै विहान उनीहरुले राजदूत रे लाई भेटी मधेशमा देखिएको हाल अवस्थाको बारेमा छलफल गरेको छ । दिल्लीमा बुझाएको चार बुँदालाई मन्त्रीपरिषद्ले आधिकारिता दिएका छन् र सोही चार बुँदा परराष्ट्रमन्त्री एवं सरकारी वार्ता टोलीका संयोजक कमल थापाले आजै मधेशी मोर्चाका वार्ता समितिलाई मन्त्रालयमा बोलाएर बुझाएका छन् । त्यसको बारेमा पनि राजदूत रन्जित रे जिज्ञासा राखेका थिए ।

कमल थापाले बुझाएको पत्र बुझ्दै मोर्चाका वार्ता समितिका सदस्यहरुले यो बँुदाले मात्र मधेशको समस्या समाधान गर्न नसकिने भनेको मोर्चाका एक नेताले बताए ।

About Suresh Yadav

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..