» » राष्ट्रीयताको संरक्षणको निमित्त मधेशको अवाज


योगेन्द्र यादव . सम्पुर्ण देशको वारेमा सम्पुर्ण नागरिकलाई अध्ययन नहोला तर हाम्रो देशमा काखे–पाखे गर्ने प्रवृति जुन राज्य पक्ष  र केही उश्रृखल तत्वहरुले चलाएको छ, यो हुन नदिनको निमित्त हामी मधेशवासी नेपाली यो आन्दोलनमा सुरु देखी आजसम्म साथ दिएका छौँ ।
लगभग चार महिना देखीको निरन्तर जारी मधेश आन्दोलनमा हाम्रा कति धेरै निर्दोश भाइहरुले ज्यान समेत गुमाइसकेको छ, राज्यले आन्दोलन र नाकाबन्दी यतिसम्म आइपुग्दा पनि भारतले नाकाबन्दी लगाएको हो भनेर तराई मधेश आन्दोलनलाई राज्य पक्षले अप्हेलित गर्ने काम गरेको छ । अर्को तर्फ हामीले गरेको नाकाबन्दीको कारणले र यसको परिणामले सत्तँधारी पक्षलाई क्षति हुनु भन्दा हाम्रै दाजुभाईले अभावमा काला वजारी तथा विभिन्न कष्टहरु सहन वाध्य हुने भएको छ । हाम्रै यहाँ हरेक कुराको अभाव भएर जीवन कठिनाईको साथ गुजारिनु पर्ने विडम्बना आएको छ । आन्दोलन र नाकाबन्दीले राज्यको हरेक पक्षमा नाकारात्मक प्रभाव परिरहेको छ भने राज्य सम्बृद्धि वाट निकै पछाडी परिरहेको अवस्था हामी सामू प्रष्ट छ । यदि यस्तो अवस्थामा पनि राज्य पक्षको जिम्मेवार नेता भनाउनेहरुले वेलैमा संयमता र समझदारी अपनाएन भने मुलुक अर्कै दिशा तिर जान समय लाग्दैन । यदि सबैलाई तुरुन्तै मिलाएर राज्यलाई निकाश दिन हिच्किच्याउछ भने यो सत्ताधारी पक्ष र सरकारलाई हामी धिक्र्काछौँ ।

मधेश आन्दोलनको क्रममा म व्यक्तिगत रुपमा निरन्तर लागेको र हाम्रो परिवारको हरेक सदस्यलाई राष्ट्र प्रतिको मोह र पिडाले गर्दा मधेशी लगायत हरेक नागरिकको समान अधिकार नदिदाँ मन निकै कुण्ठित भएको छ । यो आन्दोलनमा हाम्रै भतिजोले सर्लाहीको मंलंगवामा प्रहरीको गोली खाएर यो समाजीक सहयोग र भगवानको आर्शिवादले आजको दिनमा संयोगले नयाँ जीवन पाएर एउटा ज्यूदोँ शहिदको रुपमा हेर्न पाएको छु ।


हामी मिथिलावासी आफु पनि वाँचौँ र अरुलाई पनि वाँच्न देउ भन्ने सिख जनकनन्दनी माता सीताले सिकाएकी छिन । हाम्रो यहाँ सुखः , शान्ति  र सम्बृद्धि फैलियोस भन्ने संदेश पाएको भगवान गौतम बुद्धको नगरी हो, आजको यस्तो परिस्थितीमा हाम्रा देशका प्रमुखहरुले हाम्रो देवी देवताहरुले दिएका संस्कार र संस्कृतिलाई याद गरौँ र सबैको शुख शान्ति सम्बृद्धि र मंगलको लागि भोलीको नेपाल अत्यन्तै बैज्ञानिक तवरको प्रदेश भएको देश बनोस भन्ने सदबुद्धि पलियोस् ।

आज भन्दा वर्षौ वर्ष पहिले शाषण गरेको पृथ्वी नरायण शाह होस वा राजा महेन्द्र या अरु कुनै शाषक, देश कसैको हिसाबले नरहेर आजको नयाँ नेपाल भनेको त आजको नेपालमा रहेको बहुसंख्यक जनताले निर्धारण गर्ने हो ।
अन्त्यमा नेपाल भनेको राज्यको हरेक निकायमा कुनै खास जात जाती तथा सम्प्रदायको नभइ कुनै भाषा, लिङ्ख, कुनै राजनीतिक दल यो सबै भन्दा माथी उठेर हरेक नागरिकको सम्मान हुने र समान अधिकार भएको नयाँ नेपालको निर्माणमा लाग्नु हामी सबैको कर्तव्य र दायित्व रहेको छ । 

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..