» » एक दिन नबित्दै निर्णय उल्टाए मधेशी मोर्चा

फाइल फोटो
काठमाडौ पुस ४ गते । सरकार तथा नेपाली काँग्रेसँग हुने अबको वार्ता काठमाडौमा होइन मधेशमै हुने घोषणा गरेको एक दिन नबित्दै संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका नेताहरुले नेपाली काँग्रेसका नेताहरुसँग वार्ता गरेको छ, त्यो पनि कुनै मधेशीको घर वा दलको कार्यालयमा होइन सभापति कोइरालाको निवासमै गएर विहानै विहान वार्ता गरेको छ ।
दुई दिनसम्म बैठक बसेर निष्कर्ष निकाल्दै मधेशी मोर्चाका नेताहरुले हिजो तराई मधेश लोकतान्त्रिक पार्टीको केन्द्रीय कार्यालयको सभाहलमा पत्रकार सम्मेलन गरी सरकार र प्रतिपक्षि दलसँग वार्ताको औचित्य समाप्त भयो भन्दै सरकार तथा प्रतिपक्षि दललाई वार्ताको आवश्यकता छ भने मधेशमै वार्ता गर्न आउनुपर्ने निर्णय सुनाएका थिए ।
वार्तामा तमलोपाका अध्यक्ष महन्थ ठाकुर र संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव तथा तमलोपाकै उपाध्यक्ष वृषेशचन्द्र लालको उपस्थिति थियो ।
काँग्रेस पार्टी स्रोतका अनुसारले पार्टीका सभापति सुशिल कोइरालाले संशोधन विधेयकमा छलफल गरौं, यसमा के कति सुधार गर्न सकिन्छ सुधार गर्न तयार छौ भनि प्रस्ताव राख्दा मोर्चाका नेताहरुले संशोधन विधेयकमा मात्र होइन आफूहरुले राखेको अन्य एजेण्डामा पनि छलफल हुनुपर्ने अडान राखेका थिए ।
संशोधन विधेयकमा पनि छलफल गरौला तर अरु विषयको बारेमा के गर्ने त्यस विषयमा काँग्रेस अझै स्पष्ट नभएकाले संशोधन विधेयकको बारेमा मात्र छलफल गर्न नसिकने तर्क उपेन्द्र यादवले राख्नु भएको स्रोतले जनाएको छ । सभापति कोइरालाले आफूहरुले ल्याएको विधेयक पास हुन दिनुस् बाँकी अन्य विषयमा के कति छलफल गर्न सकिन्छ गरौला भनि कुरा राख्दा अध्यक्ष ठाकुरले सबै विषयमा छलफल शुरु गरौ प्याकेजमा सहमति गरौ भनि पहिलादेखि नै भन्दै आएका छौ तर तपाईहरुले वास्ता नगरेको कुरा राख्नु भएको थियो ।
बैठकमा सहभागि बृषेशचन्द्र लालले काँग्रेस दोहोरो भूमिकामा देखिएको छ, पार्टीका नेताहरुको धारणा फरक फरक आइरहेको छ, त्यसले गर्दा वार्तालाई झनै अन्योल बनाएको धारणा बैठकमा राखेको काँग्रेसका एक नेताले बताए ।
त्यसपछि सभापति कोइरालाले ठिकै छ तपाईहरुले राख्नु भएको एजेण्डामा के कति गर्न सकिन्छ भनि बारेमा पार्टीभित्र छलफल गरेर पुनः तपाईहरुसँग कुरा गर्ने प्रतिवद्धता जनाएको स्रोतले जनाएको छ । वार्ता भोली पुनः बस्ने स्रोतको दावी छ ।
यद्यपी काँग्रेससँग मोर्चाको वार्ता भएको कुरा आफूलाई थाह नभएको तराई मधेश सद्भावना पार्टीका वरिष्ठ नेता रामनरेश राय यादवले बताए ।

About Suresh Yadav

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..