» » राष्ट्रिय मानवअधिकार आयोगको महाभेला आजदेखी सुरु हुदैँ

काठमाडौं, मंसिर २३ गते । सातौ राष्ट्रिय मानवअधिकार महाभेला, २०७२ आजदेखि राजधानीमा शुरु हुँदैछ । 

लोकतन्त्र, मानवअधिकार र समावेशिता राज्यको सबै क्षेत्र र तहमा समान महिला सहभागिता’ भन्ने मुला नाराका हुन लागेको हो । नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा अहिले बिहान १० बजे शुरु हुने महाभेलाको राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्दै हुनुहुन्छ ।
महाभेलाको राष्ट्रिय मानवअधिकार आयोग तथा विभिन्न संघसंस्थाको आयोजनामा हुन लागेको हो । महाभेलाको संयोजन बियोण्ड बेइजिङ कमिटी (बिबिसी) ले गरेको छ । महाभेलाको उद्घाटनपछिको पहिलो दिनको सत्रमा आज दीगो विकास लक्ष्य प्राप्तिका लागि महिला सशक्तिकरण, दीगो विकास लक्ष्य र यौन तथा प्रजनन स्वास्थ्य अधिकार र नेपालमा महिला अधिकारको अभियान, नागरिकता र मानवअधिकार शिक्षा लगायतका छुट्टाछुट्टै विषयमा कार्यपत्र प्रस्तुत हुने र त्यसमाथि छलफल हुने भएको छ । त्यस्तै दोस्रो दिन अन्तर्रा्ष्ट्रिय मानवअधिकार दिवसको दिन हुने ¥याली हुने र दिउँसो मानवअधिकार आयोगले गर्ने कार्यक्रममा सहभागी हुनेछ भने पर्सी घोषणापत्र जारी गर्दै सकिनेछ । (

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..