» » ओली आयोजना गरेको वार्तामो मोर्चाको शिर्षनेताहरु सहभागि नहुने


काठमाडौं, मंसिर १६ गते । प्रमुख प्रतिपक्षि तीन ठूला दल र मधेसी मोर्चाबीच आज हुने वार्तामा संयुत्तः लोकतान्त्रिक मधेसी मोर्चाका शीर्ष नेताहरु भने सहभागि नहुने भएका छन् ।
तराई मधेशमा जारी आन्दोलनको क्रममा पहिले देखी नै आमसभा राखेकाले सहभागि नहुने मोर्चाले बताएको छ ।
आज साँझ ६ बजे हुने भनिएको वार्तामा मोर्चाका चार अध्यक्षहरु सहभागी नहुने तमलोपाका महामन्त्री सर्वेन्द्रनाथ शुक्लले जानकारी दिनुभयो । अध्यक्षहरु सहभागि नभएपनि वार्ताका लागि आफुहरुले पुरा अधिकार पाएको बताउनुभयो ।
धनुषाको ढल्केवरमा मोर्चाको पूर्व निर्धा्रित आमसभा रहेकाले अध्यक्षहरु एतै गएको उहाँले बताउनुभयो । वार्तामा फोरम उपाध्यक्ष लालबाबु राउत, तमलोपा उपाध्यक्ष हृदयेश त्रिपाठी, महामन्त्री सर्वेन्द्रनाथ शुक्ल, सद्भावना सहअध्यक्ष लक्ष्मणलाल कर्ण, तमसपा वरिष्ठ नेता रामनरेश राय यादव सहभागी हुनुहुनेछ । प्रधानमन्त्री केपी शर्मा ओलीले आयोजना गर्ने वार्तामा प्रमुख प्रतिपक्षी कांग्रेससहित मोर्चाका चारै अध्यक्षहरुको उपस्थिति अपेक्षा गर्नु भएको थियो ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..