» » नवलपरासीमा सवारी दुर्घटनामा चार जना घाइते

नवलपरासी, मंसिर १७ गते । नवलपरासीको तम्सरीया चोरमाराको भित्री सडक खण्डमा बुधबार साझ सवारी साधन एकआपसमा ठोक्किदा तिन जना घाइते भएका छन । 
इलाका प्रहरी कार्यालय कावसोतिले दिएको जानकारी अनुसार चोरमाराबाट कोलुवा तर्फ जादै गरेको ना २६ प १६०२ नम्बरको मोटर साइकल र विपरीत दिशाबाट आउदै गरेको लु २२ प ७६०० नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किदा मोटर साइकलमा सवार तिन जना घाइते भएका हुन । घाइते हुनेमा रुपन्देहि तिलोत्तमा  नगरपालिका चौध बस्ने तीस बर्षिय राजु पाठक , सोहि स्थान बस्ने चालिस बर्षिय  तेज प्रसाद पाठक र नवलपरासीको मध्यबिन्दु दुई बस्ने एक्काइस बर्षिय गोबिन्द घर्ती रहेका छन ।
घाइते मध्ये दुइजनाको मध्यविन्दु  अस्पताल डण्डामा उपचार भैरहेको र एक जनालाइ थप उपचारको लागी भरतपुर अस्पताल रिफर गरीएको इलाका प्रहरी कार्यालय कावसोतिले जनाएको छ ।
त्यस्तै गरी   देवचुली चौध स्थित महेन्द राजमार्गमा पश्चिम बाट पुर्व तर्फ आउदै गरेको ना तीन  त १२८  नम्बरको टयाक्टर  आफै अनियन्त्रिित भइ पल्टिदा एक जना घाइते भएका छन । घाइते हुनेमा  रजहर एक बस्ने १६ बर्षिय कृष्ण आचार्य रहेका छन । घाइतेको भरतपुरमा उपचार भैरहेको इलाका प्रहरी कार्यालय कावसोतिले जनाएको छ ।
























About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..