» » शीतलहरबाट क्षति रोक्न कम्बल वितरणको तयारी

राजविराज, पुस ४ गते । वर्षेनी शीतलहरबाट ठुलो सङ्ख्यामा सिरहा जिल्लामा मानवीय क्षति हुने गरेकाले यसवर्ष शीतलहरबाट क्षति हुन नदिन पूर्वतयारी स्वरुप कम्बल बितरण गर्ने जिल्ला दैबी प्रकोप उद्धार समिति सिरहाले निर्णय गरेको छ ।

समितिको हिजो बसेको बैठकले शीतलहरबाट अति प्रभावित हुन सक्ने गरिब, विपन्न समुदायको वस्ती छनौट गरी एक हप्ताभित्र जिविसमा सिफारिस पठाउने र सोही आधारमा कम्बल बितरण गर्ने निर्णय गरेको हो ।

रेडक्रस सोसाइटीबाट ५०० थान र लहान नगरपालिकाबाट रु दुई लाख, अन्य पाँच नगरपालिकाबाट रु. एक÷एक लाखको र जिविसबाट रु तीन लाख बराबरको कम्बल खरिद गरी बितरण गर्ने निर्णय गरेको दैवीप्रकोप उद्धार समिति सिरहाका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी डा. मानबहादुर विश्वकर्माले जानकारी दिनुभयो ।

अत्यधिक चिसो र शीतलहरका कारण अघिल्लो वर्ष सिरहामा ३० जनाभन्दा बढीको ज्यान गएको थियो । चिसोबाट हुने रोगसम्बन्धि औषधि अस्पताल तथा सम्पूर्ण स्वास्थ्य संस्थामा व्यवस्था मिलाउने र अति प्रभाबित स्थान÷वस्तीमा चिसोको समयमा आगो बाल्न दाउराको व्यवस्था मिलाउने निर्णय गरेको प्रजिअ विश्वकर्माले बताउनुभयो ।

शीतलहर र बाक्लो हुस्सुका कारण राजमार्ग क्षेत्रमा दुर्घटना हुन सक्ने भएकाले सर्तकर्ता अपनाउने निर्णय गरिएको छ । विद्यालयमा अध्ययनरत बालबालिकालाई चिसोले अझै बढी असर पार्ने भएकाले विद्यालय दिउँसोको समयमा सञ्चालन गर्न र प्राथमिक उपचारको समेत व्यवस्था मिलाउने निर्णय गरेको प्रजिअ विश्वकर्माले बताउनुभयो ।

About Suresh Yadav

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..