» » विद्या वालान अस्पताल भर्ना

मुम्बई । किडनीमा पत्थरी भएको आशंकामा अभिनेत्री विद्या वालान अस्पताल भर्ना भएकी छिन् । विद्याको प्रवक्ताको भनाई अनुसार अहिले विद्या हिन्दुजा अस्पतालमा विषेशज्ञको विषेश रेखदेखमा छिन् ।
प्रवक्ताको भनाई अनुसार विद्यालाई उनका श्रीमान सिद्धार्थ राय कपुरले मंगलवार अस्पताल भर्ना गरेका थिए । नयाँ वर्षको अवसरमा उनीहरु कुनै गोप्य ठाउँमा गएर नयाँ वर्ष मनाउने योजनामा थिए ।
प्रवक्ताको भनाइ अनुसार प्लेनमा यात्राको क्रममा विद्यालाई आकस्मिक पेट दुखेको थियो । उनको दुखाई कम नभएपछि उनीहरुले एअरपोर्टमै रहेको क्लीनिकमा सामान्य चेकजाँच गरेका थिए ।
एअरपोर्टमा दिएको औषधीले केही कम भएपछि उनीहरु मुम्बइमा रहेको हिन्दुजा अस्पताल आएका थिए । अहिले उनको स्वास्थ्य स्थिती सामान्य रहेको छ ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..