» » दुतावासमा गएर के गरे मधेस मोर्चाका नेता

काठमाडौं मंसिर १८ गते । सत्ताधारी तथा प्रतिपक्षी दलसँग बार्ताको समय दिएर आज मधेसी मोर्चाका नेताहरू भारतीयदुताबास पुगेका थिए ।
निर्णायक भनिएको बार्ता नेताहरू दुतावास गएपछि हुन सकेन । नेपालका लागि भारतीय राजदूत रञ्जित रे ले मधेसी मोर्चाका नेतालाई समावेशी, समानुपातिक प्रतिनिधित्व र जनसंख्याको आधारमा निर्वाचन क्षेत्र सम्बन्धि विधेयक पास हुने भएको छ र सिमांकनको कुरा पनि राजनीतिक सहमतिको आधारमा तीन महिनाभित्र टुग्याउने भनिएको छ, मधेसी मोर्चा यसमा सोच समझले सहमति गर्न सुझाव दिएको छ ।
साथै मधेस आन्दोलन लिएर भारतमा पनि प्रतिपक्षी दलहरूले आफूहरू र सरकारको बिरोध भइरहेकाले त्यहाँ गएर मधेस आन्दोलनको बारेमा छलफल गर्न पनि उनले दिएको छ ।
छलफलमा तमलोपाका अध्यक्ष महन्थ ठाकुर, तराई मधेस सदभावना पार्टीका नेता रामनरेश राय र सदभावना पार्टीका अध्यक्ष लक्ष्मणलाल कर्णको उपस्थिति थियो । आइतवार मोर्चाका नेताहरू भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई भेट्न दीली जाने भएका छन् ।

About Suresh Yadav

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..