» » मधेशी मोर्चाले संसदमा भाग लिएर त्यसलाई अवरोध गर्ने

फाइल फोटो

काठमाडौ कात्तिक २१ गते । भोली बस्ने ससदको बैठकमा संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले भाग लिएपनि सो बैठकलाई अवरोध गर्ने भएको छ । मधेशी मोर्चाले एकातिर संसदलाई औचित्यहिन भनेका छन् भने अर्कोतिर भाग लिने पनि कुरा गरेका छन् ।
सिहदरवारमा आज बसेको मोर्चाको बैठकले संसदले मधेश आन्दोलनप्रति गम्भीर नरहेकाले बैठकको औचित्य नभएको भन्दै त्यसलाई अवरोध गर्ने निर्णय भएको संघीय समाजवादी फोरम नेपाल वरिष्ठ नेता अशोक रायले बताए ।
तीन महिनादेखि मधेशमा जारी आन्दोलनबारेमा व्यवस्थापिका संसदमा आजसम्म छलफल भएको छैन भने बैठकको औचित्य के भन्दै उनले औचित्य नभएको कारण आफूहरुलाई त्यसलाई अवरोध गर्ने बताए । संघीय समाजवादी फोरम नेपालले आज साँझ एक विज्ञप्ति जारी गरी संसद बैठकहरु औचित्यहीन रहेको बताए पनि बैठकमा भाग लिने नलिने स्पष्ट गरिएको छैन ।
पहिचान, संघीयता र समानुपातिक समावेशिकरण सहितको अधिकार सम्पन्न स्वायत्त प्रदेशहरु निर्माणका लागि महिनौंदेखि जारी अनिश्चितकालीन मधेश आन्दोलनलाई बद्नाम गरी यसलाई तुहाउने षड्यन्त्र अन्तर्गत सरकारले माग सम्बोधनका लागि तत्परता नदेखाएको फोरम नेपालको विज्ञिप्तिमा उल्लेख छ ।
वार्ता गरे जस्तो देखाएर जनतामा भ्रम छर्न खोजेको सरकारले गम्भीर एवं सार्थक वार्ता गरी देशलाई निकाश दिन नचाहिरहेको अवस्थामा सिङ्गो मधेश÷थरुहटका जनताको माग र चाहनालाई बेवास्ता गरेर संसदको बैठक निर्वाध चल्न नसक्ने यथार्थ तर्फ फोरम नेपाल सरकारलाई सचेत गराउन चाहन्छ, विज्ञप्तिमा उल्लेख छ ।
आन्दोलनका दौरान सहादत प्राप्त गरेकालाई सहीद घोषणा, मृतक परिवारलाई आर्थिक सहयोग, घाइतेको निशुल्क उपचार जस्ता प्रथम चरणको माग समेतलाई सहमति गरेर पनि कार्यान्वयन गर्नबाट पछि हटेको सरकारले अझै पनि आन्दोलनमाथि निर्मम दमन गरिरहेको फोरम नेपालको आरोप छ ।
व्यवस्थापिका संसदभित्रैबाट रचनात्मक ढंगबाट समाधान खोज्ने अपेक्षा हुँदाहुँदै पनि सरकारले आन्दोलनकारी माथि चरम दमन गरिरहेको सन्दर्भमा अबका संसद बैठकहरु औचित्यहीन रहेको फोरम नेपालले ठहर गर्दै पहिचान, संघीयता र समानुपातिक समावेशिकरण सहितको अधिकार सम्पन्न स्वायत्त प्रदेशहरु निर्माणका लागि महिनौंदेखि जारी अनिश्चितकालीन मधेश आन्दोलनलाई बद्नाम गरी यसलाई तुहाउने षड्यन्त्र अन्तर्गत सरकारले माग सम्बोधनका लागि तत्परता नदेखाएको फोरम नेपालको विज्ञप्तिमा उल्लेख छ ।
मधेश÷थरुहट लगायत मुलुकको विभिन्न क्षेत्रबाट उठेका आन्दोलनलाई बेवास्ता गरी त्यसको समाधान अन्तै खोज्नुको सट्टा विगतमा मधेश आन्दोलनका दौरान भएको २२ बुँदे र ८ बुँदे सम्झौता, आदिवासी जनजाति, उत्पीडित खस र थारु समुदायसँग भएको सम्झौता, अन्तरिम संविधान २०६३ र पहिलो संविधानसभामा भएको सहमति कार्यान्वयन गरी संविधान पुनर्लेखन गर्नु नै मूल समस्याको समाधान हुने फोरम नेपालले ठहर गरेको छ ।
मधेशी मोर्चाका एकघटक तराई मधेश सद्भावना पार्टीका वरिष्ठ नेता रामनरेश यादवले बैठकमा भाग लिएपनि त्यसलाई अवरोध गर्ने बताए ।

About Suresh Yadav

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..