» » मधेशी मोर्चा वार्ता भंग गर्न किन भए बाध्य ?


काठमाडौ कात्तिक १६ गते । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले सरकारसँग जारी रहेको वार्ता भंग गरेको छ । मधेशी मोर्चाका वार्ता समितिले आज बैठक बसि सो निर्णय गरेको हो । बैठकपछि तराई मधेश लोकतान्त्रिक पार्टीको कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा तराई मधेश लोकतान्त्रिक पार्टीका उपाध्यक्ष ह्रदयश त्रिपाठीले सकारात्मक तर्फ गइरहेको वार्तालाई सरकारको तर्फबाट भाँड्ने काम भएको बताए ।

उनले भने, वीरगञ्जमा भएको घटना हेर्दा सरकार वार्ताको पक्षमा छैन । वार्ताको नौटकीं मात्र गरेको हो भनि सहजै बुझ्न सकिन्छ । हिजै वार्ता हुँदा सकारात्मक देखिएका सरकारले विहान नहुँदै नाकामा सुतिरहेका आन्दोलनकारीलाई कुटपीट गरी घाइते बनाउनुले सरकारको तर्फबाट वार्ता भंग भएको स्पष्ट भएको छ ।’

वार्ताको औचित्य नरहेको र यसले मधेशी मोर्चाको तर्फबाट पनि वार्ताको वातावरण समाप्त गर्ने अवस्था सृजना भएको बताउँदै उनले वीरगञ्जमा भएको घटनाप्रति आपत्ति जनाए । वार्ता समितिले विगत ३÷४ दिनदेखि मधेशमा दमन गर्नका सरकार तयारीमा रहेको आरोप लगाएका छन् । पत्रकार सम्मेलनमा मधेशी मोर्चाद्धारा जारी गरिएको विज्ञप्तिमा सेनालाई पुनः परिचालन गर्ने, सशस्त्र प्रहरीलाई क्रियाशिल बनाउने, निषेधित क्षेत्रको विस्तार गर्ने कार्य हुँदै गरेको उल्लेख छ ।

वार्ता समितिका अर्का सदस्य एवं सद्भावना पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्णले सरकारसँगको वार्ता सकारात्मक अवस्थामा पुगेको बेलामा वीरगञ्जमा भएको घटनाले सरकार आफै वार्ता सार्थक परिणाममा पुग्न नदिने रणनीतिमा रहेको आरोप लगाए ।

उपाध्यक्ष त्रिपाठीले आफूले गृहमन्त्री शक्ति बस्नेतसँग कुरा गर्दा घटनाको बारेमा निरहिता व्यक्त गरेको बताए । गृहमन्त्री बस्नेतले आफूलाई वीरगञ्जको घटना बारे जानकारी नरहेको कुरा आफूसँग राखेको बताउँदै उनले प्रचण्डले पनि आफू प्रधानमन्त्री र गृहमन्त्रीसँग कुरा गर्ने प्रतिवद्धता जनाएको बताए । तर, यी व्यक्तिहरुसँग आफूले कुरा गर्दा वीरगञ्जमा भएको घटनाप्रति कोही गम्भीर नरहेको उनले बताए ।

About Suresh Yadav

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..