» » जनकपुरमा जन्मियो नयाँ गठबन्धन, मातृका त्यसमा अटाएन

जनकपुर मंसिर ५ गते । मधेस केन्द्रीत तीन मोर्चाले एउटा छुट्टै गठबन्धन बनाएको छ ।  तराई मधेश राष्ट्रिय अभियानका संयोजक जेपी गुप्ता, संघीय लोकतान्त्रिक मोर्चाका शरतसिंह भण्डारी र राजकिशोर यादव तथा संघीय लोकतान्त्रिक मधेशी मोर्चाका अनिल झाले ‘संघीय समावेशी मधेश गठवन्धन गठन गरेको छ ।
एक्ला एक्लै आन्दा्लन गर्दा मधेशको आन्दोलन उचाई नलिएको भन्दै यी नेताहरुले संयुक्त रुपमा आन्दोलन गर्नका लागि जनकपुरको बैठकले गठबन्धन बनाएको हो ।

भण्डारी राष्ट्रिय मधेश समाजवादी पार्टीका अध्यक्ष हुन् भने राजकिशोर यादव मधेशी जनअधिकार फोरम गणतान्त्रिका अध्यक्ष हुन् । अनिल झा नेपाल सद्भावना पार्टीका अध्यक्ष हुन् । यसअघि भण्डारी र यादव विजय गच्छदार नेतृत्वको संघीय लोकतान्त्रिक मोर्चामा थिए । तर, गच्छदार सरकारमा गएपछि यो मोर्चा निष्कृय जस्तै बन्यो ।

अनिल झाले साना दलहरुको संघीय मधेसी मोर्चा बनाएका थिए । पूर्वमन्त्री समेत रहेका गुप्ताले भने तराई मधेस राष्ट्रिय अभियान गठन गरेर तराई मधेसमा आन्दोलन गर्दै आएका थिए ।

अनिल झाका अनुसार ‘संघीय समावेशी गठवन्धन’ ले अन्य मोर्चासँग सहकार्य गर्ने र त्यसका लागि वार्ता समिति छिट्टै बनाउने बताएको छ । मोर्चाले तराई मधेसको आन्दोलन सुरु भएको १०० औं दिनको अबसरमा वीरगञ्जमास सभा गर्ने बताएको छ ।
गठबन्धन बनाउने बैठकमा मातृका यादव पनि सहभागि भएका थिए । एक मधेश एक प्रदेश र विगतमा मधेश दलले गरेका गल्तीमा आत्मलोचना गरेपछि मात्र सहभागि हुने तर्क राखेपछि कुरा मिलेका थिएन । अन्ततः सो गठबन्धनमा मातृका यादव सहभागि भएन ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..