» » आन्दोलनकारी र प्रहरीवीच ठाँउ–ठाँउमा झडप, प्रहरीद्धारा १५ राउण्ड गोली प्रहार(फोटो फिचर)


वीरगञ्ज, कार्तिक १६ गते । वीरगन्ज नाकाको मितेरी पुलमा धर्ना दिएर राउटीमा सुतिरहेको आन्दोलनकारी माथी नेपाल प्रहरीद्धारा जिउदैँ जलाउने जुन प्रयास भएको छ त्यसका विरुद्धमा प्रहरी र आन्दोलनकारी बीच ठाँउ ठाँउमा दोहरो झड्प भई रहेको छ ।

आज विहान आन्दोलनकारी हटाएर सुरक्षाकर्मीले केही बेर वीरगञ्ज नाका खुलाएसँगै वीरगञ्ज तनावग्रस्त भएको छ । वीरगंजको मूल नाका मितेरी पूलमा हजारैको संख्यामा आन्दोलनकारीहरुको मानव सागर नै ओर्लेको छ ।

हरेक गाँउ, टोल र चौक चौकमा नेपाल प्रहरीले गरेको दमन विरुद्ध विरोध जुलुस प्रर्दशन कार्यक्रम हजारैको संख्यामा जारी राखेको छ । प्रर्दशनको क्रममा बस पार्क क्षेत्रमा प्रहरी र प्रदर्शनकारीबीच झडप भइरहेको हो । त्यो ठाउँको स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले ज्यादती पूर्ण ढङगले १५ राउन्ड गोली चलाएको छ । वीरगञ्जमा अलपत्र करिब ५ सय भारतीय गाडी भारतीय क्षेत्रमा प्रवेश गरेसँगै वीरगञ्ज क्षेत्र तनावग्रस्त बनेको हो ।
अहिले वीरगंज लगायतका आस पासको क्षेत्रहरुको स्थिती तनाव पूर्ण अवस्थामा रहेको छ ।



About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..