» » अपडेटःरसुवा जान लागेका बस दुर्घटना हुँदा ३० जनाको मृत्यु

काठमाडौ, कात्तिक १७ गते ।काठमाडौँबाट रसुवाको चिलिमेतर्फ जाँदै गरेको गरेको ना३ख ५७०६ नंको बस आज दुर्घटना हुँदा ज्यान गुमाउनेको सङ्ख्या ३० पुगेको छ ।

ज्यान गुमाउनेमा १७ पुरुष, १२ महिला र एक बालक छन् । दुर्घटनामा ४५ यात्रु घाइते भएका छन् । मृतकको सङ्ख्या अझै बढ्न सक्ने प्रजिअ शिवराम गेलालले जानकारी दिनुभयो

दुर्घटनामा तीस जनाभन्दा बढी घाइते भएका छन् । पासाङल्हामु सडकखण्डको राम्चे गाविस–३ ग्राङस्थित सडकबाट बस करिब ५०० मि तल खसेको प्रहरीले जनाएको छ । बसभित्र र छतमा गरी करिब एक सयभन्दा बढी यात्रु सवार थिए ।

घटनास्थल सदरमुकाम धुन्चेदेखि १२ किमी दक्षिण टाढा पर्छ । घाइते २० जनाभन्दा बढीलाई उपचारका लागि काठमाडौँ र जिल्ला अस्पताल धुन्चे लगिएको प्रहरी नायब उपरीक्षक अवधेश विष्टले जानकारी गराएको छ ।

बसको छतबाट हाम फालेर ज्यान जोगाएका शिव आचार्यका अनुसार अघिल्तिरको टायर पड्केपछि बस भिरमा खसेको थियो । अहिले घटनास्थलमा नेपाली सेना नारायण दल गण, नेपाल प्रहरी र सशस्त्र प्रहरी उद्धारमा खटिएका छन् । 

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..