» » कुमाल समाजको अधिवेशन माघमा


नवलपरासी , मंसीर ५ गते । कुमाल समाज सुधार केन्द्रिय समितीको नवलपरासीको कावासोतीमा भएको राष्ट्रिय भेलाले आउदो माघ ८ र ९ गते काठमाण्डौमा केन्द्रिय अधिवेशन गर्ने निर्णय गरेको छ । हिजो साझबाट शुरु भएको भेला आज विहान सकिएको हो ।
आज विहान पत्रकार सम्मेलन गरि कुमाल समाज नवलपरासीका जिल्ला सचिव दिर्घ्सिंह कुमालले भेलााले माघ ८ र ९ गते काठमाण्डौमा केन्द्रिय अधिवेशन गर्ने निर्णय गरेको जानकारी गराउनुभएको हो ।
यस्तै भेलामा अहिलेको नया संविधानमा कुमाल समुदायकालागी गरिएको व्यवस्थाको कार्यान्वयन कसरी गर्ने भन्ने बारेमा छलफल भएको पनी सचिव कुमालले जानकारी दिनुभयो । यस्तै विभिन्न स्थानमा बसोवास गर्ने कुमाल समुदायले बोल्ने भाषालाई कसरी लिपिबद्ध गर्ने , कुमाल समुदायको पोशाखमा एकरुपता ल्याउनकालागी पहल गर्न जस्ता विषयवस्तुमाथी पनी छलफल भएको सचिव कुमालले बताउनुभयो ।
भेला कुमाल समाज नवलपरासीका अध्यक्ष गान्धि वहादुर कुमालको अधयक्षता तथा कुमाल समाजका बुद्धिजिवी तथा चितवन जिल्लाका पुर्व अध्यक्ष जय मंगल कुमालको प्रमुख आतिथ्यतामा भएको थियो ।
भेलामा १७ जिल्लका १ सय ५० जना प्रतिनिधीहरुको सहभागिता रहेको थियो । नेपालको ७२ जिल्लामा कुमाल समुदायको बसोवास रहेको छ ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..