वीरगंज, मंसिर १४ गते । विद्यार्थीहरुले वीरगञ्जको शंकराचार्य चोकदेखि गण्डकचोकसम्म बिहान ९ बजेदेखि १० बजेसम्म मानव साङ्ग्लो बनाएका थिए । उनीहरुले आन्दोलनको समर्थनमा प्लेकार्ड बोक्नुको साथै सरकार र शीर्ष नेताविरुद्ध नाराबाजीसमेत गरेका थिए । प्याबसन र एनप्याबसनको अग्रसरतामा आयोजना गरिएको उक्त कार्यक्रममा विद्यार्थीहरुले राजनीतिक नारासमेत लगाएका थिए ।गत मंसिर ११ गते काठमाडौंको चक्रपथमा २७ किलोमिटर लामो मानव साङ्ग्लो बनाएर बन्द, हड्ताल तथा सीमा अवरोधको विरोध गरेपछि त्यसको प्रतिक्रिया स्वरुप सोमबार वीरगंजमा विद्यार्थीहरुले आन्दोलनको समर्थनमा मानव साङ्ग्लो बनाएका छन् ।
No comments: