» » नवलपरासीको परासीमा बम विस्फोट

उर्मिला यादव, परासी, कार्तिक २२ गते । नवलपरासीको परासीमा बम विस्फोट भएको छ । जिल्ला प्रहरी कार्यालय परासीका अनुसार गए राति साढे ९ बजे सन्तोषि मा फिल्म हल अगाडि ट्रक माथि पेट्रोल बम प्रहार भएको हो । 

सिमेन्ट बोकेर नवलपरासीको चोरमारा जानका लागि परासीमा रोकि राखेको ना २ ख ९८७९ नम्बरको ट्रक माथि अज्ञात समुहले पटका बेरेर बम बिस्फोट गराएको जिल्ला प्रहरी कार्यालय परासीले जनाएको छ । बम प्रहार बाट ट्रकमा सामान्य क्षति भएको र मानविय क्षति भने नभएको प्रहरीले जनाएको छ ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..