» » तस्करी बढदा सिमानाकामा चेकजाँचमा बृद्धि

सर्लाही, कार्तिक २२ गते । नेपाल भारत सिमावर्ती भारतीय बजारबाट लुकीछुपी प्रतिवन्धीत समानहरु जस्तै अव इन्धन, अरु बैण्ड आइटमहरु फटकाहरु ल्याउने क्रममा बृद्धि भएपछि सर्लाहीको सीमा क्षेत्रमा प्रहरीहरुले चेकजाँचमा कडाई गरेको छ ।
संयुत्तः लोकतान्त्रिक मधेशी मोर्चाको  कार्यकर्ताले भारत तिरवाट ५ लिटर पेट्रोल र डिजल तथा ५ लिटर मटितेल दिपावलीमा बाल्न र किसानहरुलाई ल्याउन मात्र छुट दिएको छ । जिल्लाको सोनवरसा वजार लगायतका नाकाहरुबाट पछिल्ला दिनहरुमा पटका ल्याउने क्रम बृद्धि भएपछि सो नाकामा सुरक्षाका लागि खटेको सशस्त्र प्रहरीहरुले चेकजाँचमा कडाई गरेको हो ।
सोही क्रममा सर्लाही प्रहरीले शनिवार ९ पोका फटाका वरामद गरि नष्ट गरेको छ । शुक्रवार देखी मधेशी मोर्चाको कार्यकर्ताले मोटरसाइकलमा ५ लिटर भन्दा बढि पेट्रोल ल्याएको लाई नष्ट गरेको जानकारी मोर्चाको कार्यकर्ताले गराएको छ ।  

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..