» » पशुपति मन्दिरमा गाईको टाउको

काठमाडौं, कात्तिक १८ गते । नयाँ संविधान जारी भएर राष्ट्रपति, प्रधानमन्त्री, सभामुख निर्वा्चित भइसके तर संविधान निर्माणका कथा पुरानै भएका छन् ।

संविधान मस्यौदाको अन्तिम तयारी भइरहँदा राष्ट्रिय जनावर र राष्ट्रिय रंग के राख्ने भन्नेमा विवाद भयो । सभापति कृष्ण सिटौलाले १६ बुँदे सहमतिका विषयबाहेक अरु सबै अन्तरिम संविधानअनुसार नै हुने बताए । सिटौलाको यो प्रस्तावले एकछिन हंगामा भयो । सीता नेपालीलगायत माओवादी सभासद् ‘गाईलाई राष्ट्रिय जनावर बनाउन हुन्न–हुन्न भन्दै जंगिए । यतिबेला रातको ९ बजेको थियो । उनीहरु यही विषयलाई लिएर एमाओवादी अध्यक्ष प्रचण्ड भेट्न लाजिम्पाट पुगे । सिंहदरबारमा मस्यौदा समितिको बैठक बसिरहेको थियो । एमाओवादी सभासद् राति ११ बजे फर्केर आए, प्रचण्डको आग्रहअनुसार भोलिसम्म बैठक रोक्न माग गरे ।तर, सभापति सिटौलाले मानेनन् । र, प्रचण्डलाई फोन लगाए, ‘प्रचण्डजी, यस्ता कुरा झिकेर संविधान अड्काउने ? भोलि पशुपतिको मन्दिरमा गाईको टाउको काटेर झुन्डियो भने के हुन्छ ? जनताको भावनामाथि खेलबाड गर्दा भोलि धार्मिक दंगा भयो भने त्यसको जिम्मा कसले लिन्छ ?’ अन्तिममा प्रचण्डले सिटौलालाई मिलाएर गर्नुस् भनेपछि गाईलाई नै राष्ट्रिय जनावर बनाउने सहमति भएको थियो । आजको जनआस्था साप्ताहिकमा खबर छ ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..