» » मन्त्रीपरिषद्को निर्णयप्रति राजेन्द्र महतोको आपत्ति

मधेश आन्दोलन र नाकाबन्दीको विषयमा प्रधानमंत्री र अन्य मंत्रीहरूको नकारात्मक बयानबाजी र वक्तव्य पछि आज मंत्रिपरिषदको बैठकमा मधेशी मोर्चाले गर्दै आएको मधेश आन्दोलन र नाकाबन्दीलाई संबोधन हुने गरि कुनै ठोस निष्कर्ष सहितको प्रस्ताव आउने विश्वास हुंदा हुंदै सरकारद्वारा यस सम्बन्धमा औपचारिकता मात्र पूरा गरेको र देशमा देखिएको राजनीतिक समस्यामाथि अहिले पनि सरकार गम्भीर नरहेको निष्कर्ष निकालेका छौं। मोर्चाको तर्फबाट धेरै पहिले राखिएको वार्ता पूर्वका शर्तहरू पनि अहिले सम्म पूरा नगरिएकोमा वार्ताको वातावरण कसरी बन्छ भन्ने जिज्ञासा हामी सबैमा विद्यमानै छ। मोर्चाको तर्फबाट वार्ताका लागि अधिकतम लचकता अपनाए पनि सरकारले कहिले बीरगंजमा सुति रहेको आन्दोलनकारीमाथि आक्रमण गरेर जिउंदै जलाउने प्रयास गर्नु र कहिले सप्तरीमा शान्तिपूर्ण तरीकाले धरनामा बसि रहेका आन्दोलनकारीहरूलाई मरणासन्न हुने गरि कुटपीट गर्नु र हिरासतमा राख्ने गतिविधिहरू अहिले पनि दिनदिनै हुंदै आई रहेको छ। मंत्रिपरिषदले नाकाबन्दी खोल्नको लागि भारतसंग गरिएको आग्रह प्रति हाम्रो पार्टीको घोर आपत्ति छ। नाकाबन्दीको ४६औं दिन पनि सरकारले यसलाई अन्य देशको नाकाबन्दी बताएर मधेश आन्दोलनलाई बदनाम गर्ने र मधेशको मुद्दालाई अन्य तिर मोड्ने सरकारी षडयंत्रको रूपमा लिएका छौं। मधेशी मोर्चा द्वारा घोषित यस नाकाबन्दीलाई भारतसंग जोडेर र नाकाबन्दी खोलाउन भारतसंग गरिएको औपचारिक आग्रहको हाम्रो पार्टी विरोध गर्दछ। मधेशको मुद्दालाई समाधान गर्न र नाकाबन्दी खोल्न मधेशी मोर्चाको मांगलाई पूरा नगरि संभव नरहेको कुरा स्मरण गराउन चाहनछु। नेपाल सरकारको गैर जिम्मेवारपूर्ण रवैया र मधेश विरोधी मानसिकताको कारणलेनै ८६ दिनदेखिको बन्द र ४६ दिनको नाकाबन्दीले मधेश र संपूर्ण देश प्रभावित हुंदै आएको छ। यस संकटको घडीमा पनि मधेश आन्दोलन र नाकाबन्दीलाई समर्थन सहयोग र सदभाव राख्ने संपूर्ण नेपाली जनता प्रति विशेष आभार व्यक्त गर्दछु। राजेन्द्र महतो राष्ट्रीय अध्यक्ष, सदभावना पार्टी

About Suresh Yadav

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..