» » अमेरिकाले पनि मुख खोले

काठमाडौ कात्तिक १७ गते । तराई मधेशको आन्दोलनमा भारतको चलखेल चलिरहेकै बेला अमेरिका पनि त्यसमा हाम फालेका छन् ।

वीरगञ्जको घटना लिएर भारतले प्रधानमन्त्री केपी शर्मा ओलीलाई फोन गरेर थर्काएपछि अमेरिकाले आज पत्रकार सम्मेलन गरेर त्यसमा चासो लिएका छन् ।

पत्रकार सम्मेलनमा संविधान नेपालको आन्तरिक मामला भन्दै अमेरिकाको यसमा चासो नरहेको जनाएको छ ।


अमेरिकी विदेश मन्त्रालयको प्रेस अफिसका निर्देशक एलिजाबेथ ट्रुडेउले नेपालको विषयमा उठेको प्रश्नको जवाफ दिएका थिएन् । उनले ‘यो नेपाली राजनीतिको आन्तरिक विषय भएकाले नेपालले नै त्यसलाई सुल्झाउने बताए ।


उनले नेपालको अवस्थालाई अमेरिकाले नजिकबाट नियालीरहेको उल्लेख गर्दै ‘हामी सबै नेपालीहरुलाई शान्तिपूर्ण र अहिंसात्मक माध्यमबाट प्रजातान्त्रिक प्रक्रियामा निरन्तर संलग्न हुन अनुरोध गछौं ।’

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..