» » वीरगञ्ज घटनालाई अतिरञ्जित नबनाउन रघुवीर महासेठको आग्रह

काठमाडौ कात्तिक १६ गते । नेकपा एमालेका नेता रघुवीर महासेठले वीरगञ्ज घटना दुखद भएकोले घटनाको छानविन गर्न समिति गठन गर्नु पर्ने माग गरेको छ ।
छानविनपछि दोषिमाथि कारवाही हुनु पर्ने धारणा राख्दै उनले वीरगञ्ज घटनालाई अतिरञ्जित बनाएर नचर्काउन मधेसी मोर्चालाई आग्रह गरे ।
उनले मधेसी जाती नभई समुदाय भएकोले मधेसीलाई जातीय रुपमा उठाएर बदनाम नगर्न सचेत पार्दै यस्तो सामान्य घटनालाई लिएर मुलुक गृहयूद्धमा जान नसक्ने ठोकुवा गरे ।
महासेठले मधेसमा एमाले र प्रधानमन्त्री केपी शर्मा ओली अहिलेको अवस्थाको कारक भएको भनि बदनाम गराउने प्रयत्न भईरहेको भन्दै मधेस आन्दोलन समाधान गर्न सरकार र नेकपा एमाले गंभिर रहेको दावी गरे । उनले सीमांकन तलमाथि गर्न सबै तयार हुनु पर्ने भन्दै त्यसमा एमाले पनि तयार रहेको बताए ।
उनले कर्णले वार्ता भंग गर्न सरकार लागेको भन्ने आरोपको खण्डन गर्दै कसैले गरेको गल्तीको दोष सरकारलाई दिनु उचित नभएको तर्क गरे ।
महासेठले मधेस आन्दोलनलाई गंभिर रुपमा लिएर छिटो समाधान गर्न आग्रह गर्दै संविधान संसोधन गरेर भएपनि जायज मागहरु पुरा गर्नु पर्ने धारणा राखे ।

About Suresh Yadav

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..