» » बिहारी बाबुले देखे आफ्नै देशमा भारतीय सेना


यतिबेला विना विभागीय मन्त्री सत्यनारायण मण्डल अन्तराष्ट्रिय चर्चामा छ । उनको एउटा अभिव्यक्तिले नेपालस्थित भारतीय दूतावासलाई नेपाली भाषामा विज्ञप्ति जारी गर्नुपर्यो । हुन त यसअघि पनि उनले यस्तै यस्तै विवादीत अभिव्यक्ति दिएर चर्चामा नआएका होइन तर अहिले आएर जसरी चर्चामा आएका छन् त्यसले सरकारलाई मात्र होइन अन्तराष्ट्रिय शक्तिलाई पनि गम्भीर बनाएको छ ।
नेपालको संघीयता उत्तर दक्षिण हुनुपर्ने अभिव्यक्ति दिएपछि उनलाई उनको गृह जिल्ला सप्तरी जानमा रोक लगाएका थिए । उनको घर समेत तोडफोड भएको थियो भने घरमा कालो झण्डा गाडेको थियो । पछिल्लो समय मधेश आन्दोलनमा विना बर्दीका भारतीय सेना सहभागि रहेको अभिव्यक्ति दिएर चर्चाको शिखर छोएको छ । भारतको विरोधमा यस्ता अभिव्यक्ति दिनैपछि आइरहेका हुन्छन् त्यो पनि बहालबाला मन्त्री तथा जिम्मेवार व्यक्तिहरुबाट तर भारतीय दूतावासले सबैको विरोध गर्दै यसरी सबैले बुझ्ने गरी नेपाली भाषामा विज्ञप्ति जारी गरेका छैन । एमाओवादीका अध्यक्ष प्रचण्डले नै यो बीचमा कतियौं पटक भारतको विरोधमा अभिव्यक्ति दिएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले समेत पटक पटक मधेश आन्दोलनमा भारतको संलग्नता रहेको धारणा राख्दै आएका छन् तर एकजना मन्त्री त्यो पनि विना विभागिय मन्त्रीले अभिव्यक्ति दिँदा सबैको चासो किन बढ्यो त ?
यस विषयमा सहारा टाइम्सले खोज्दै जाँदा सत्यनारायण मण्डल शुरुदेखि चीनको क्षत्र छायाँमा बस्दै आएका व्यक्ति हुन् । २०१५ सालमा भारतको विहार राज्यका ढोली ग्रामबाट उनका बुवा डोमी मण्डल सप्तरी आएर बसेका हुन् । सप्तरीको मेलेठ कमलपुर वाडा नंं. ७ मा बस्दै आएका डोमी मण्डललाई डोमी गुरुजी पनि भन्ने गरेका छन् । सत्यनारायण मण्डल शुरुदेखि कम्यूनिष्ट विचारधाराका व्यक्ति हुन् । र सप्तरी आएदेखि नै मधेशमा चीनलाई सहयोग गर्ने गतिविधिमा लागेका व्यक्ति हुन् ।
२०२९ सालमा चीनका लागि राज्यविरुद्ध गतिविधि गरेको भन्दै उनीमाथि राजकाजको मुद्दा लागेको थियो । तत्कालिन अवस्थाका जमिन्दार वसन्त प्रसाद सिंहले नै उनीमाथि त्यस्तो आरोप लगाएर उनलाई जेल पठाएका थिए । स्रोतका अनुसार, मण्डल र सिंहबीच जहिले पनि खटपट भइरहन्थ्यो । नेपाल कम्यूनिष्ट पार्टी पुष्पलाल समूह रहेका मण्डल जेलमा गएपछि नेपाल कम्यूनिष्ट पार्टी (माले) भएका थिए जुन अहिलेका एमाले हुन् । एक वर्षपछि उनी जेलबाट रिहाय भएका थिए । जेलबाट रिहाय भएपछि उनी एमाले पार्टीमा सक्रिय भएर लागेका थिए । त्यतिबेलासम्म सत्यनारायण मण्डलसँग नागरिकता थिएन ।
एमालेले मण्डललाई राष्ट्रिय सभाको सदस्य बनाउन खोजेपछि उनको नागरिकता खोजविन भएको थियो । नागरिकता नभएपछि मण्डललाई समस्या पर्यो अनि एमालेकै सहयोगमा ललितपुर जिल्लाबाट अगिंकृत नागरिकता दिलाइएको थियो । त्यसबेलादेखि मण्डल झन राष्ट्रवादी भएर प्रस्तुत हुन थाले । ढाकाटोपी लगाउनुको साथै एमालेको चाप्लुसीमा यसरी लागेकि मधेशमा कुनै कुरा बोल्न लगाउनु पर्यो भने एमालेले सत्यनारायण मण्डलको माध्यमबाट बोल्न लगायो  र अहिले पनि त्यही देखिएको छ । मलेठका मण्डल निकट एक स्थानीयले भने, मण्डलजी शुरुदेखि नै यस्तै हो । आफ्नो कामका लागि जस्तो सुकै चाप्लुसी गर्न तयार हुन्छन् । जेहोस् उनी पार्टीका वफादार कार्यकार्ता भएका कारणले उनलाई समानुपातिक सभासद् पनि बनाए र पहिले लोटमा मन्त्री पनि बनाए ।’
मण्डल मन्त्री बन्नुमा एमालेको मात्र आशिर्वाद छैन चीनको पनि त्यतिकै आशिर्वाद रहेको छ । चीनले उनको टाउकोमा हात दिएको कारणले नै खुलेर उनी भारतको विरोधमा अभिव्यक्ति दिन दिएका हुन् नत्र भारतबाट आएका एकजना व्यक्ति नेपालमा आएर मन्त्री बन्छन् र भारतकै विरुद्धमा अभिव्यक्ति दिनु चानचुने कुरा होइन, ठूलो मित्र राष्ट्र चीनको अशिर्वाद छ मण्डलसँग । भारतको विरुद्धमा यस्तो अभिव्यक्ति किन दिनु भएको जिज्ञासामा मण्डलले आफू बोल्दै नबोलेको कुरालाई सञ्चारमाध्यमले बग्यांएर लेखेको दावी गरे ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..