» » जागिरको प्रलोभन दिएर युवतीको बलत्कार

काठमाडौं, कातिक २१ गते ।  जागिरको प्रलोभन देखाएर युवतीको बलात्कार गरेको अभियोगमा नुवाकोटका सुविन गिरी पक्राउ परेका छन् ।

एक युवतीलाई जागिर लगाइदिने भन्दै उनले गत २ कात्तिकमा गोंगबुको होटेलमा पुर्याई बलात्कार गरेको प्रहरीले दाबी गरेको छ । खाजा खाएर जागिरको कुरा गर्ने भन्दै उनले युवतीलाई गेस्ट हाउसमा पुर्याएर जबरजस्ती करणी गरेको प्रहरीको भनाइ छ ।

घटनाको भोलिपल्टै पीडित युवतीले उजुरी दिएको भए पनि प्रहरीले गिरीलाई सोमबार मात्र पक्राउ गर्न सफल भएको छ । सामान्य चिनजान भएकी युवतीलाई गिरीले आफूले धेरै मान्छे चिनेको भन्दै जागिर लगाइदिने आश्वासन दिई फकाई होटलमा लगेको आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..