» » हरिचरण साहले भने, ‘मधेशमा काँग्रेसको कारण आन्दोलन भएको हो’

काठमाडौं, कार्तिक १९ गते । नेपाली जनता दलका अध्यक्ष हरिचरण साहले तराई मधेशको आन्दोलन नेपाली काँग्रेका कारण भएको आरोप लगाएका छन् । यसअघिको मधेश आन्दोलनमा नेपाली काँग्रेसका तत्कालिन सभापति गिरीजा प्रसद कोइरालले गरेको सम्झौता कार्यान्वयन नगरेको कारण आज यो अवस्था भएको बताउँदै उनले यसअघि नेपाली काँग्रेसकै नेतृत्वमा सरकार रहेको बेला काँग्रेसले चाहेको भए मधेशको मागलाई सम्बोधन गर्न सकिन्थ्यो तर त्यही गर्न नसकेको कारण आज तराई मधेशको अवस्था यस्तो भएको बताए ।
सहारा टाइम्ससँग कुरा गर्दै अध्यक्ष साहले मधेशवादी दलसँग भएको ८ बुँदे सम्झौता अनुसार संविधानको धारा १३८ लागु गरेको भए मधेशमा आन्दोलन गर्ने आवश्यकता नै थिएन, मधेशमाथि तीन दल मिलेर नै विभेद गरेको दावी गरे ।उनले भने अहिले पनि केही बिग्रेका छैन । अहिलेको सरकारले मधेशको समस्या र मधेशको अवस्थालाई गम्भीरता पूर्वक नलिए पछि पछुताउनु बाहेक अरु केही गर्न सकिदैन । त्यसैले मधेशवादी दलको तर्फबाट वार्ता भंग भएपनि सरकारको तर्फबाट त्यसको पहल हुनुपर्छ ।’
उनले नाकाबन्दी भारतले लगाएको कुरालाई इन्कार गरे र भने, यो नाकाबन्दी भारतले होइन मधेशवादी दलले नै गरेको हो तर नाकाबन्दी गर्नु मानवीय कार्य होइन । उनले नाकाबन्दीको विकल्पमा काठमाडौमा आन्दोलन गर्न सुझाव दिए ।
काँग्रेसमाथि यस्तो आरोप लगाउने साहले प्रधानमन्त्रीको चुनावमा काँग्रेसका सभापति सुशिल कोइरालालाई नै मतदान गरेका थिए ।

About Suresh Yadav

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..