» » तराई मधेशले राजधानीको व्यपारमा घाटा


काठमाडौँ, कात्तिक २० गते । चाडवाडको समयमा व्यस्त रहने काठमाडौँको नयाँ सडक बजारमा तराई आन्दोलन तथा पेट्रोलियम पदार्थको अभावको असर परेको छ ।

बाह्रै महिना व्यस्त रहने नयाँ सडकमा किनमेलका लागि आउने सर्वसाधरणको सङ्ख्या निकै कम भएको व्यापारीहरु बताउँछन् । पहिले भूकम्पका कारणले घटेको व्यापार व्यवसाय अहिले इन्धन अभावले निकै घटेको छ ।

आफ्नै गारमेन्टसबाट झोला उत्पादन गरी व्यवसाय गर्देआउनु भएका नयाँ सडकका शरस स्थापित देशमा देखिएको समस्याका कारण व्यापार ठप्प भएको बताउनुहुन्छ । विभिन्न जिल्लामा उत्पादित झोला पु¥याउन इन्धन अभावका कारण समस्या भएको उहाँको गुनासो छ ।

“पच्चिस प्रतिशत व्यवसाय घटेको छ झोलाको लागि चाहिने कच्चापदार्थ पनि बाहिरबाट आउन सकेको छैन” उहाँले भन्नुभयो ।

काठमाडौँको भीमसेनस्थान र नरदेवीमा झोलाको गारमेन्ट उद्योग सञ्चालन गर्दै आउनुभएका स्थापित बजारमा देखिएको समस्याका कारण कर्मचारीलाई बिदा दिनुपरेको बताउनुहन्छ ।

नयाँ सडकमा कपडाको व्यवसाय गर्दै आउनुभएकी बुटिक सञ्चालिका राधा ढकाल बाहिरबाट माग आइरहे पनि कर्मचारीलाई बिदा दिनु परेकोले माग अनुसार निर्यात गर्न नसकेको बताउनुहुन्छ ।

“कच्र्चापदार्थ बाहिरबाट नआएकाले आउने ग्राहक पनि फर्काउनु परेको छ” उहाँले भन्नुभयो ।
अमेरिका, लण्डन, अष्टे«्लियालगायतका युरोपका मुलुकमा डिजाइनर कपडा उत्पादन गरी निर्यात गर्ने ढकाल कर्मचारी आउनै समस्या भएपछि बिदा दिनुपरेकोले काम गर्न नसकेको बताउनुहुन्छ ।

नेपालमा तराईमा लामो समयदेखि जारी आन्दोलनका कारण बाहिरबाट आउने सामान नेपाल भारतको सिमानामा रहेका छन् । नेपालमा धेरैजसो चाहिने कच्चापदार्थ भारतबाट आउने भएकाले पनि भारतले गरको अघोषित नाकाबन्दीका कारण सिमानामै थन्केर बसको छन् ।

भारतको बिहारलगायतका विभिन्न स्थानबाट कालीगढ आउनुपर्ने तराई बन्दले गर्दा आउन सकेको छैन । “व्यापार छैन बोलाएर मात्र के गर्ने । उनीहरुलाई तलब दिन पनि व्यापार हुँदैन त्यसैले बिदा दिएको छ” ढकालले भन्नुभयो ।

पहिलेको जस्तो रौनक नभएको व्यूटिपार्लर सञ्चालिका रोसु ढकालको भनाइ छ । पहिले पार्लरमा आउने ग्राहकका कारण सास फेर्ने फुसर्द हुदँैन्थ्यो तर अहिले एउटा ग्राहक आए पनि खुसी मान्नुपर्ने अवस्था आएको छ ।

बाहिरबाट आउने व्यावसायिक सामग्रीलाई मात्र होइन व्यवसायीसम्म पु¥याउन इन्धन अभावका कारण नपाएका उत्पादन कर्ता र व्यवसायीले दैनिक लाखौँको घाटा व्योहोर्नु परेको व्यवसायी रीना रानाको भनाइ छ । 

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..