» » २६ जनाको मन्त्रीपरषद्मा ६ जना उपप्रधानमन्त्री (हेर्नुस् लिस्ट)


काठमाडौं, कात्तिक १९ गते । एमलोका अध्यक्ष एवं प्रधानमन्त्री के.पी. शर्मा ओलीको नेतृत्वमा असोज २५ गते गठित मन्त्रिपरिषद् आज तेस्रो पटक विस्तार भएको छ । अब मन्त्रिपरिषद् प्रधानमन्त्री, छ उपप्रधानमन्त्री, १७ मन्त्री र दुई राज्यमन्त्री गरी २६ सदस्यीय भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले तीन उपप्रधानमन्त्री र चारमन्त्रीलाई अलग अलग पद तथा गोपनीयताको शपथ गराउनुभएको छ ।
राष्ट्रपति कार्यालय शीतल निवासमा बिहीबार आयोजित समारोहमा राष्ट्रपति भण्डारीले नेकपा (एमाले)का उपाध्यक्ष भीम रावल, नेकपा (माले)का महासचिव चन्द्रप्रकाश मैनाली र राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर के.सी.लाई उपप्रधानमन्त्री पद तथा गोपनीयताको शपथ गराउनुभएको हो ।
यससँगै ओली सरकारमा छ उपप्रधानमन्त्री भएका छन् । फोरम लोकतान्त्रिकका विजय गच्छदार, राप्रपा नेपालका कमल थापा र एमाओवादीका टोपबहादुर रायमाझी यसअघि नै उपप्रधानमन्त्री भइसकेका छन् । नेपालको राजनीतिक इतिहासमा एउटै मन्त्रिपरिषद्मा छ जना उपप्रधानमन्त्री भएको यो पहिलो हो । प्रधानमन्त्री ओलीले तेस्रो पटक मन्त्रिपरिषद् विस्तार गर्दै तीन उपप्रधानमन्त्री र चार मन्त्री थप्नु भएको हो ।
नवनियुक्त उपप्रधानमन्त्री रावलले रक्षा मन्त्री मन्त्रालयको जिम्मेवारी पाउनुभएको छ । उहाँले यसअघि पर्यटन र गृह मन्त्रालयको समेत जिम्मेवारी सम्हाल्नुभएको थियो । यस्तै, माले महासचिव मैनालीले महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालयको जिम्मेवारी पाउनुभएको छ । उहाँ यसअघि मन्त्री भइसक्नुभएको छ भने झापा आन्दोलनकामा प्रधानमन्त्री ओलीसँगै कार्यरत हुनुहुन्थ्यो ।
सहकारी तथा गरिबी मन्त्रालयको जिम्मेवारी पाउनुभएका जनमोर्चाका अध्यक्ष के.सी. भने पहिलो पटक सिधै उपप्रधानमन्त्री बन्न सफल हुनुभएको छ । उहाँ संविधानसभामा संघीयता विरोधी राजनीतिक दलको रुपमा आफ्नो पार्टी चिनाउँदै आउनुभएको थियो ।
यसैगरी, राष्ट्रपति भण्डारीले बिहीबार नै नेता एमाले नेताहरु विष्णु पौडेल, शेरधन राई, शान्ता मानवी र आनन्दप्रसाद पोखरेललाई मन्त्रीको पद तथा गोपनीयताको शपथ गराउनुभयो । मन्त्री
पौडेलले अर्थ, राईले सूचना तथा सञ्चार प्रविधि, मानवीले विना विभागीय र पोखरेलले संस्कृति, पर्यटन तथा वातावरण मन्त्रालयको जिम्मेवारी पाउनुभएको छ ।

यसअघि नियुक्त हुनुभएका मन्त्री सत्यनारायण मण्डलले मन्त्री    युवा तथा खेलकुद, रामकुमार सुब्बाले भूमिसुधार तथा व्यवस्था, रामजनम चौधरीले स्वास्थ्य तथा जनसंख्या र विश्वेन्द्र पासवानले विज्ञान प्रविधि तथा वातावरण मन्त्रालयको जिम्मेवारी पाउनुभएको छ । राज्यमन्त्रीहरु मेघराज नेपाली निषाद्ले राज्यमन्त्री उद्योग र मोहम्मद मुस्ताक आलकले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी पाउनुभएको छ ।  

नाम र पद                    कार्यविभाजन
के.पी. शर्मा ओली,        प्रधानमन्त्री     शहरी विकास, शान्ति तथा पुनर्निर्माण, श्रम तथा रोजगार, संघीय           मामिला तथा स्थानीय विकास
भीमबहादुर रावल,                         उपप्रधानमन्त्री    रक्षा
चन्द्रंपं्रकाश मैनाली,                  उपप्रधानमन्त्री    महिला, बालबालिका तथा समाज कल्याण
चित्रबहादुर के.सी.                         उपप्रधानमन्त्री    सहकारी तथा गरीबी निवारण
विष्णु पौडेल, मन्त्री                      अर्थ
सत्यनारायण मण्डल,                 मन्त्री    युवा तथा खेलकुद
रामकुमार सुब्बा, मन्त्री               भूमिसुधार तथा व्यवस्था
रामजनम चौधरी, मन्त्री              स्वास्थ्य तथा जनसंख्या
शेरधन राई, मन्त्री                      सूचना तथा सञ्चार प्रविधि
शान्ता मानवी, मन्त्री                विना विभागीय
विश्वेन्द्र पासवान, मन्त्री            विज्ञान प्रविधि तथा वातावरण
आनन्दप्रसाद पोखरेल, मन्त्री    संस्कृति, पर्यटन तथा नागरिक उड्डयन
मेघराज नेपाली निषाद्, राज्यमन्त्री    उद्योग
मोहम्मद मुस्ताक आलक, राज्यमन्त्री    स्वास्थ्य तथा जनसंख्या 

About Suresh Yadav

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..