» » मधेशको समस्या समाधान गर्न सरकार गम्भीर हुनुपर्छ


काठमाडौँ, कात्तिक २० गते । नेपाली काँग्रेसका सभापति सुशील कोइरालाले संविधान जारी भएपछि उत्पन्न परिस्थितिलाई वार्ता र संवादबाट समाधान दिनुपर्ने बताउनुभयो ।
उहाँले भन्नुभयो, “तराई मधेस आन्दोलनले देश आक्रान्त भएको छ, यसलाई समाधान गर्न सरकार गम्भीर हुनुपर्छ ।”

नेता कोइरालाले मधेसी राजनीतिक दलले राखेका सकारात्मक मागलाई संविधान संशोधन गरेर अगाडि बढ्न सकिने भन्दै यसका लागि काँग्रेसको सहयोग रहने स्पष्ट पार्नुभयो ।

उहाँले समानुपातिक र समावेशिताका विषय र हाल कायम हरेक जिल्लामा एक निर्वाचन क्षेत्र रहने गरी जनसङ्ख्याका आधारमा निर्वाचन क्षेत्र निर्धारणका विषयलाई सम्बोधन गर्न संसद्मा दर्ता भएको संविधान संशोधन प्रस्ताव अगाडि बढाउन सरकार लाग्ने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले भन्न्नुभयो–“भूकम्पबारे भएको क्षतिका बारेमा बनेको प्राधिकरणको काम अगाडि बढ्न सकेको छैन, यसलाई चाँडो अगाडि बढाउन आवश्यक छ ।
आज स्वास्थ्य परीक्षणका लागि अमेरिका प्रस्थान गर्नुभएको छ ।

प्रत्येक चार चार महिनामा नियमित स्वास्थ्य परीक्षण गर्नुपर्ने भए पनि मुलुकको राजनीतिक अवस्था र संविधान जारी गर्नुपर्ने चटारोका कारण १३ महिनापछि मात्र कतार एयरवेजको विमानबाट उहाँ त्यसतर्फ जानुभएकोे हो । सभापति कोइरालाले अमेरिकाको न्युयोर्कस्थित मेमोरियल सलोन केटरिङ क्यान्सर सेन्टरमा स्वास्थ्य परीक्षण गराउनु हुनेछ ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..