» » केपी ओलीले गर्दैछन् आफ्नै सरकार गिराउने कुरा

एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पदको शपथ लिएको २३ दिन नपुग्दै आफ्ना काउण्डाउन शुरु गरेको छ । अरु कसैले होइन, प्रधानमन्त्री ओलीले आफै काउण्डाउन शुरु गरेको छ । पार्टीभित्र र पार्टी बाहिर जुन प्रकारको खेलहरु शुरु भएका छन् त्यसले गर्दा उनी आफू सरकारमा धेरै दिन टिक्न नसक्ने भन्दै नेताहरुको बीचमा कुरा राख्न थालेका छन् । जति दिन बसिन्छ केही राम्रा काम गरेर गइन्छ पनि भन्न थालेका छन् । प्रधानमन्त्री बने लगतै शुरु भएको पार्टीको बैठकमा समेत उनले आफ्नो कार्यकालको बारेमा चर्चा शुरु गरेका छन् । उनले त आफूलाई हटाउन पार्टीभित्रकै केही नेताले पहल शुरु गरिसकेको सूचना आफू समक्ष आएको र यसले बाहिर शक्तिलाई खेल्ने मौका मिलेको कुरा असन्तुष्टि पनि स्थायी समितिको बैठकमा राखेको स्रोतले जनाएको छ ।
को को खोल्दैछन् पार्टीभित्र ?
राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, उपसभामुख चयनमा पार्टीका नेता झलनाथ खनाल र माधव नेपालसँग खासै छलफल नगरी आफ्नै ढंगले प्रस्तुत भएको कारण ओलीको दिन गिन्ती शुरु भएको एमाले स्रोतले जनाएको छ । ओलीलाई पार्टीको अध्यक्ष बनाउन नेता झलनाथ खनालले खेलेको भूमिकालाई ओलीले यतिबेला आएर बिर्सेको भन्दै झलनाथ निकट नेताहरुले ओलीको कार्यशैलीलाई खुलेर विरोध गरेका छन् । पार्टीको अध्यक्ष बनाउनमा आफूलाई सहयोग गरे झलनाथ खनाललाई राष्ट्रपति बनाउने कुरा त्यतिबेला नै ओलीले भनेका थिए, एमालेका एक नेताले भने, पार्टीमा त्यतिबेला झलनाथ खनाल र माधव नेपालको गठनबन्धन थियो ओली एक्लै थिए । तर ओलीले झलनाथ खनाललाई राष्ट्रपति बनाउने प्रलोभन दिएर गठबन्धन भत्काएको थियो र माधवकुमार नेपाललाई हराएर ओलील पार्टीका अध्यक्ष बनेका थिए ।’
तर प्रधानमन्त्री ओलीलाई त्यति मात्रले पुगेन । ओलीले पार्टीको अध्यक्ष बन्नका लागि जसरी झलनाथ खनाललाई प्रयोग गरेका थिए त्यसरी नै प्रधानमन्त्री बन्नका लागि माधवकुमार नेपाललाई प्रयोग गरे । माधवकुमार नेपाललाई पनि ओलीले राष्ट्रपति बनाउने आश्वासन दिएका थिए र त्यही भएर माधवकुमार नेपालले खुलेर प्रधानमन्त्री बनाउनमा सहयोग गरेका थिए । तर, यी दुवैमध्ये कसैलाई सोध्दै नसोधी सिधै विद्या देवी भण्डारीलाई राष्ट्रपति बनाउने प्रस्ताव ल्याएर पार्टीबाट पास गराए र विद्या देवी भण्डारीलाई राष्ट्रपति बनाए । विद्या देवी भण्डारीलाई राष्ट्रपति बनाएपछि यी दुई नेता हेर्या हेर्यै भए र अहिले आएर पार्टीभित्र असन्तुष्टि बढेको छ ।
पार्टीको महाधिवेशन अघि माधव नेपालको खेमामा रहेका वामदेव गौतम एकाएक ओलीको पक्षमा लागेका थिए । त्यसको उपहार स्वरुप गौतमलाई प्रधानमन्त्री सुशिल कोइरालाको सरकारमा गौतमकै नेतृत्वमा पार्टीलाई पठाएको थियो । कोइरालाको सरकारमा उनी उपप्रधान तथा गृहमन्त्री थिए । तर अहिले आएर गौतमलाई ओलीले कुनै भूमिका नदिएपछि ओलीप्रति रुष्ट देखिन्छ । गौतमले पार्टीका अध्यक्ष सरकारको नेतृत्व गरेपछि त्यसको कारवाहक आफूले पाउनुपर्ने भन्दै ओलीप्रति असन्तुष्टि व्यक्त गर्दै आएका छन् ।
अन्तराष्ट्रिय चासो
ओली सरकारलाई भारतले पनि रुचाएका छैन । चीनको सहयोग र सद्भावमा गठन भएको ओली सरकार धेरै दिन नटिक्नुमा त्यो पनि एउटा कारण हो । यसैगरि एमाओवादीको सहयोगमा झलनाथ खनालको नेतृत्वमा सरकार गठन भएको थियो । त्यसबेला पनि भारतको सहयोग लिएका थिएन । भारतलाई बाइपास गरी बनाएको झलनाथ नेतृत्वको सो सरकार पनि सात महिना मात्र टिकेका थिए । झलनाथ खनाल सरकारबाट हटेपछि माधवकुमार नेपाल सरकारको नेतृत्व गरेका थिए । अहिले ठिक त्यस्तै अहिलेको अवस्था सृजना भएको छ । अन्तराष्ट्रिय शक्तिको प्रभावमा नपरी गठन भएको सरकार हो भनि दावी उनीहरुको छ ।
प्रचण्डको चासो
यसपछिको प्रधानमन्त्री आफू बन्ने प्रचण्डले चासो देखाई रहेको स्रोतको दावी छ । ओलीप्रति एमाओवादीका अध्यक्ष प्रचण्ड पनि त्यति खुशी छैन । आफ्ना राइट ह्याण्ड कृष्णबहादुर महारालाई गृहमन्त्री बनाउन नदिएकोमा प्रचण्ड ओलीप्रति असन्तुष्ट देखिएका हुन् । हुन त शक्ति बस्नेत पनि प्रचण्ड निकटकै मानिन्छ तर यी दुवैमा रोज्नु पर्यो भने प्रचण्डले महारालाई रोज्नुपर्ने अवस्था पनि छ तर बाह्य शक्तिको प्रभावमा परेर ओलीले महराबाहेक अरु जसलाई गृहमन्त्री बनाउनु छ बनानउनुस् तर महरालाई नबनाउनुस् भनि दवाव दिएका थिए । त्यहीबेला देखि नै ओलीप्रति प्रचण्ड असन्तुष्ट देखिएका छन् ।
गच्छदार पनि असन्तुष्ट
यता कमल थापा र विजयकुमार गच्छदारलगायतका साना दलको पनि असन्तुष्टि बढ्दै गएको छ । विजयकुमार गच्छदारलाई सरकारमा सहभागि गराउने बेला एमालेका अध्यक्ष केपी शर्मा ओली र एमाओवादीका अध्यक्ष प्रचण्डले असोज २४ गते सविधानसभा भवनमा भनेका थिए, तपाईले हामीलाई सहयोग गर्नुस्, तपाईले जे माग्नु हुन्छ हामी त्यही दिन्छौ ।’ त्यस अवस्थामा गच्छदारलाई राष्ट्रपति बनाउन पनि तयार भएका थिए । तर, गच्छदारले आफू राष्ट्रपति नबन्ने भन्दै तीन मन्त्रालय र उपराष्ट्रपतिको चाहना व्यक्त गरेका थिए । त्यसमा ओली र प्रचण्डले पनि सहमति जनाएका थिए । यद्यपी यो लेनदेनको कुरा आठ बुँदे सम्झिौतमा उल्लेख गरिएको छैन ।
तर अहिले आएर उपराष्ट्रपति त के गच्छदारलाई उपप्रधान तथा भौतिक मन्त्रालय दिएर एउटा विना विभागीय मन्त्रालय मात्र दिएको छ । राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, उपसभामुख चयनमा पनि गच्छदारसँग सल्लाह गरेनन् । सो सरकारमा उनी एउटा भोटर भएर मात्र बस्न बाध्य भए । सरकारभित्र कुनै निर्णय गर्नुपर्यो भने एमाल र एमाओवादीको सुटुक्क बैठक बस्छ निर्णय गर्छन् तर गच्छदारलाई जानकारी पनि हुँदैन । अहिले आएर उचित गठनबन्धन तयार भए ओलीलाई हटाएर अरुलाई प्रधानमन्त्री बनाउने दावमा लागेको बुझिएको छ । स्रोतका अनुसार काँग्रेससँग मिलेर प्रचण्डलाई प्रधानमन्त्री बनाउने र त्यसमा गच्छदारलगायत अन्य मधेशवादी दललाई पनि सामेल गराउने खेला भइरहेको छ ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..