» » अदालतको ढोकाबाट दीपक फरार


सप्तरी, कात्तिक १७ गते । कुटपिट मुद्दामा पक्राउ परेका एक आरोपी जिल्ला अदालतमा म्याद थप गर्न ल्याइएका बेला अदालतको ढोकाबाटै भागेका छन् ।

सप्तरीको इटहरी विषणपुर–९ का २४ वर्षीय दीपक राम जिल्ला अदालतमा म्याद थप गर्न ल्याइएको बेला अदालतकै ढोकाबाट भागेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब निरीक्षक नारायणप्रसाद चिमरियाले बताउनुभयो ।

पाँच दिन अगाडि रामलाई सदरमुकाम राजविराजस्थित हटिया लाइनबाट प्रहरीले पक्राउ गरेको थियो ।

सप्तरीको विषहरिया गाविस–३ बस्ने अशोककुमार यादवलाई तिलाठी गाविसस्थित बेल्ही भन्सारको पश्चिम खाडो नदीनिर कुटपिट गरी खुट्टा भाँचिदिएको घटनामा फरार रहेका रामलाई अदालतमा म्याद थपका लागि ल्याइएको थियो ।

फरार रामको खोजीका लागि प्रहरी परिचालन गरिएको छ ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..