मनिषकुमार मिश्र
महासचिव, तराई मधेश विद्यार्थी फ्रन्ट
तराई मधेश विद्यार्थी फ्रन्टका महासचिव मनिषकुमार मिश्रा हालै भारत गएर भारतका विभिन्न दलका नेताहरुलाई भेटेर मधेश आन्दोलनको बारेमा जानकारी गराउनु भएको छ र मधेशप्रति भारतको सोच बारेमा पनि बुझेर आउनु भएको छ । भारत भ्रमणमा तराई मधेश लोकतान्त्रिक पार्टीका केन्द्रीय सदस्य बीपी यादव पनि हुुनुहुन्थ्यो । भेटको क्रममा के के कुरा भयो, नेपालप्रति भारतको के बुझाई छ लगायतका विषयमा मिश्रासँग सहाराटाइम्सले गरेको छोटो कुराकानीः
तपाई केही दिन पहिले भारतको दिल्ली हुँदै विभिन्न राज्य घुमेर आउनु भयो, खासमा भारत जानुको उद्देश्य के थियो ?
–खासमा भन्ने हो भने अहिलेको अवस्थामा भारत जाने इच्छा पनि थिएन । आन्दोलन चलिरहेको बेला आन्दोलन छाडेर उता जाने फूर्सद थिएन तर उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापा भारत भ्रमणबाट फर्केपछि उहाँले भारतको विभिन्न तथ्यहिन कुराहरु यहाँ राख्नु भएको थियो । भारतले नाकाबन्दी खोलि दिने रे । मधेशवादी दलले आन्दोलन गर्न छाडि दिन्छ रे जस्ता अभिव्यक्ति दिनु भएको थियो । जुन कुरा हामीलाई निकै छोएको थियो । नाकाबन्दी हामी मधेशीले गरेका हौ । भारतले कसरी नाकाबन्दी खोलाई दिन्छ भन्ने लागेर त्यही कुराहरु बुझ्नका लागि हामी भारत भ्रमणमा गएका थियौ । मधेश आन्दोलन तथा यसको यथार्थ र नेपाल सरकारले गरेको व्यवहारको बारेमा जानकारी गराउन हामी भारत गएका थियौं । कमल थापाले भारत आएर के के कुरा गर्नु भएको थियो र के के कुरा गरेर जानु भएको बारेमा त्यहाँका विभिन्न नेताहरुसँग बुझ्ने प्रयास पनि गर्यौं ।
मधेशवादी दलको नेताको हैसियतामा त्यहाँ जानु भएको थियो कि व्यक्तिगत रुपमा त्यहाँ जानु भएको थियो ?
–हुन त हामी व्यक्तिगत ढंगबाट नै त्यहाँ गएका थियौं तर हामी गएको कुरा पार्टीलाई थाह थियो । पक्कै पनि हामी मधेशवादी भएको कारणले त्यहाँ मधेशकै प्रतिनिधि भएर गएको पनि बुझ्दा हुन्छ ।
के के कुरा भयो त्यहाँ ?
–हामीले त्यहाँ दुईटा कुरा गर्यौं र उहाँहरुले पनि दुईटा कुरामा चासो राख्नु भयो । भारतले नेपाललाई यतिका सहयोग गरेपनि नेपालले भारतसँग गरेको व्यवहार र मधेश आन्दोलनको बारेमा उहाँहरुले चासो लिनु भएको छ । भारतले नेपालमा अघोषित नाकाबन्दी गरेको आरोप जसरी नेपालले भारतलाई आरोप लगाई रहेका छन् त्यसले भारतका नेताहरु निकै दुखि रहेका छन् । भारतीय नेताहरुले नेपालको आरोपप्रति आश्चर्य व्यक्त गरेको छ । हामीले पनि प्रष्टसँग कुरा राख्यौ कि नेपाल भारतको सीमामा मधेशी जनताले नाकाबन्दी गरेका छन् । नेपालले लगाएको आरोप एकदमै गलत हो । यदि नाकाबन्दीलाई वा मधेश आन्दोलनलाई लिएर यदि तपाईहरुसँग कोही वार्ता गर्न आउँछन् भने सिधै भन्नुस् वार्ता मधेशी मोर्चासँग गर्नुस् । हामीले नेपालमा आन्दोलन आफ्नो अधिकारका लागि गरिरहेका छौ तर नेपाल सरकारले हामीमाथि ठूलो दमन गरेको छ । आन्दोलनकारीहरुलाई सिधै टाउकोमा गोली हानेका छन् । शान्तिपूर्ण आन्दोलनमा लागेकालाई यसरी गोली हानिदैन । यसप्रकारको गाली आतकंकारीलाई हान्ने गरिन्छ तर हामीसँग आतंककारीभन्दा नराम्रो व्यवहार राज्यले गरिरहेको छ त्यसैले तपाईहरु नेपाल सरकारसँग कुनै प्रकारको वार्ता नगर्र्नुस् वार्ता हामीसँग हुनुपर्छ भन्ने कुराहरु भनियौ ।
यी कुराहरु राखेपछि उहाँहरुको प्रतिकृया के थियो ?
–उहाँहरु पनि स्पष्ट हुनुहुन्छ कि मधेशमा मधेशी जनताले आन्दोलन गरिरहेका छन् । सविधान निर्माणपछि त्यसमा असन्तुष्टि जनाउँदै आफ्नो अधिकारका लागि मधेशी जनता मधेशमा संघर्ष गरिरहेका छन् भने कुरा उहाँहरुले प्रष्ट रुपमा बुझेका छन् । यो आन्दोलन आजको होइन । मधेशी जनताले सदियौंदेखि सहदै आएको विभेदको नतिजा यो आन्दोलन भएको हो । हुन त पहिलादेखि नै मधेशी जनता आन्दोलन गर्दै आएका थिए तर त्यो त्यति प्रभावकारी भएका थिएन अहिले आएर अलि योजनवद्ध र कडा रुपमा मधेशी जनता सडकमा ओर्लेका छन् । रामजनम चोधरी, वेदानन्द झा, दुर्गा नन्द चौधरी, गजेन्द्रनारायण सिहकै पालादेखि आन्दोलन हुँदै आएका थिए तर अहिले आएर मधेशी जनता अलि सचेत भएका छन् र आफ्ना अधिकारका लागि सडकमा आएका छन् । यी सबै कुरा उहाँहरुलाई थाह छ । मधेशमा भएको आन्दोनल जायज हो र यो आन्दोलनलाई राज्यबाट सम्बोधन गर्नुपर्छ भनि उहाँहरुले चाहनु भएको छ ।
भारतले नै नाकाबन्दी गरेको हो तथा मधेशमा भारतले नै आन्दोलन गराएका हो भने कुरा नेपाल सरकारले औपचारिक रुपमै भन्दै आएका छन् यस बारेमा उहाँहरुको धारणा के छ ?
–भारतका नेताहरु यो कुराबाट निकै दुखि हुनुहुन्छ । नखाएको वीष लागेको उहाँहरुले भन्नु भएको छ । नाकाबन्दीमा भारतको कुनै रुपमा संलग्नता छैन । हुनसक्छ नेपाल भारतको बेटी रोटीको सम्बन्धले गर्दा कसैको मामा सहभागि भएको होला कसैको भन्जा सहभागि भएको होला । अरु कोही व्यक्ति रुपमा सहभागि भएको होला तर भारतको यसमा दुर दुर कुने संलग्नता छैन । भारत पूरै नेपालको पक्षमा छ । मधेशपनि नेपालमै हो । नेपालको सबै नागरिक बराबरको हक पाउनुपर्छ भने पक्षमा भारतका नेताहरु हुनुहुन्छ तर नेपालले मधेशको आन्दोलनमा जवर्जस्ती घिसारेर ल्याइरहेका छन् । हामीले नेपाललाई यतिका सहयोग गर्दा त्यसबेला नेपाली जनताले कहिले बोल्नु भएन कि किन यस्तो सहयोग गरेको हो । सहयोग गर्दा वाहवाही गरेका थिए तर आज मधेश आन्दोलनसँग जोडेर हामीलाई दोषी देखाई रहेका छन् जुन सरासर गलत हो । नेपालका नेताहरुले हामीलाई भनि रहेका छन् नाकाबन्दी खोलाई दिनु । एसएसबी लगाएर भएपनि, मधेशी जनतालाई कुटेर भएपनि नाकाबन्दी खोलाई दिनु भनेका छन् जुन हाम्रो बसको कुरा होइन । हामी सक्दै सक्दैनौ । हामीले गरेकै छैनौ भने कसरी खुलाउने ? यो कुरा नेपाली नेताहरुले बुझ्नु पर्ने हो भनि उहाँहरुले भन्नुभयो ।
आन्दोलन चलिरहकै बेला यसरी भारत गएर त्यहाँका नेताहरुलाई भेट्नुले मधेश आन्दोलनका लागि सहयोग माग्न गएको हो भनि पुष्टि हुँदैन त ?
–मधेशमा जुन आन्दोलन भएका छन् त्यसले सबभन्दा समस्या भारतलाई परेको छ । किनभने आन्दोलन हामीले गरेका छौ गाली भारतले खानु परिरहेको छ । हामी यस कुरामा एक्स्यूज गरियौं कि आन्दोलन हामीले गरिरहेका छौ गाली तपाईहरुले खाई रहनु भएको छ । तर, केही छैन सत्य सत्य नै हुन्छ । मधेशी जनताले सत्यको लडाई लडि रहेको छ भने मधेशी जनताको लागि तपाईहरु गाली खानु हुन्छ यो कुरा मधेशी जनताले कहिले विर्सिने छैने भनेका छौ । हामी कुनै सहयोग माग्न गएका होइन । नेपालले भारतसँग अहिले जुन व्यवहार गरिरहेको छ त्यसको बारेमा बुझ्न र असली कुराको जानकारी गराउन गएका हौं ।
ककसलाई भेट्नु भयो ?
–हामी सरकारका नेतृत्व गरेका दलका नेता तथा प्रतिपक्षमा रहेका नेताहरुलाई भेटको छौ । काँग्रेसका करण सिहदेखि लिएर भाजपाका भगतसिह कौसियारीसम्मका लागि भेटेका छौ । त्यस्तै विजय जोली, डिवी त्रिपाठी, अखलेस यादवलगायत विभिन्न कुटनीतिक नियोगका व्यक्तिहरुलाई पनि भेटका छौ ।
प्रतिपक्षमा बस्ने नेताहरुको मधेश आन्दोलनप्रति कस्तो धारणा पाउनु भयो ?
–काँग्रेस (आई) का नेताहरु पनि मधेश आन्दोलनप्रति निकै सकारात्मक हुनुहुन्छ । मधेशीले सविधानमा अधिकार पाउनु पर्छ भनि चाहेका छन् । उत्तर प्रदेशका मुख्य मन्त्री अखलेश यादवलाई पनि भेटेका छौ उहाँ पनि मधेशी जनताले उठाएको माग जायज हो । ती मागहरु पाउनु पर्छ । आफूहरुको नैतिक समर्थन रहेको पनि भन्नुभयो ।
काँग्रेस (आई) ले त मोदी सरकारले नेपाल भारतको सम्बन्ध विगारि रहेको आरोप लगाएका छन् नि ?
–काँग्रेसका नेताहरुसँग कुरा गर्दा हामीले त्यस्तो कुरा पाएका छैनौ । उहाँहरुले कहि कतै मधेश आन्दोलन वा नेपालको समस्यामा भाजपालाई दोष देखाउनु भएको छैन । दलहरुको आन्तरिक कुरा के हुन्छ त्यो त हामीलाई थाह भएन तर हामीसँग कुरा गर्दा कसैले पनि भाजपा सरकारको विरोध गर्नुभएन । बरु उहाँहरुले नेपालको आन्तरिक मामला हामीले त्यसमा हस्तक्षेप गर्नु हुँदैन पनि भन्नुभयो तर मधेश पनि अधिकारबाट बन्चित रहनु हुँदैन पनि भन्नुभयो । हुनसक्छ विहारमा चुनावको बेला दलहरुले एक अर्कालाई गाली गरेका होला, त्यो म भन्न सक्दिन तर हामीसँग कुरा गर्दा उहाँहरुले मधेशप्रति एकदमै पोजेटिभ कुरा गर्नुभयो । रियलमा हामीसँग कुरा गर्दा कसैले पनि कसैलाई गाली वा विरोध गरेको छैन बरु नेपालमा देखिएको समस्या चाँडो कसरी समाधान हुन्छ भने कुरामा चिन्तित हुनुहुन्थ्यो ।
तपाई मधेशमा आन्दोलन जारी रहेकै बेलामा भारत जानु भयो त्यहाँ विभिन्न दलका नेताहरुसँग भेट्नु भयो । नेपालको कुरा र भारतको कुरा सुनेर तपाईलाई कस्तो लाग्यो सुलुशोन कहिले निस्किन्छ ?
–नेपाल लोकतान्त्रिक देश हो र भारत पनि लोकतान्त्रिक देश हो तर मधेशी कहिल्यै पनि कम्यूनिष्ट हुन सक्दैन । मधेशी जनता लोकतान्त्रिक समुदाय हो । मधेशी जनता समाजमा विश्वास गर्छन् । आफ्नो समुदायमा विश्वास गर्छन । नेपालमा भारतको जुन विरोध भइरहेको छ त्यो केही व्यक्तिको म्यान्टेलिटी हो । खासगरि एमाले र एमाओवादीले यसको विरोध गरिरहेका छन् । भारतप्रति नेपाली जनताको विरोधी सेन्टीमेन्ट छैन तर केही नेताहरुले ती सोझा सिधा जनतालाई उचाल्ने काम गरिरहेका छन् । कहिले काही चाइनालाई देखाएर भारतसँग ब्ल्याकमेल गरिरहेका छन् भने कहिले काही भारतलाई देखाएर चीनसँग ब्ल्याकमेल गरिरहेका हुन्छन । यो कुरा दुवै देशले बुझ्नु पर्छ । हामीले आफ्नो अधिकारका लागि नाकाबन्दी गरेका छौ तर चीनले नेपाल सरकारलाई सहयोग गरिरहेका छन् के यो आन्तरिक मामलामा हस्तक्षेप होइन ? चीनले मधेशीको विरोधमा सहयोग गरिरहेका छन् । यो एकदमै गलत हो । चीनको जुन गतिविधि नेपालमा छ त्यसले तराई मधेशको समस्या समाधान हुँदैन । अर्थात मधेशको समस्या समाधान होस् भने कुरामा नेपाल सरकारको नियतै ठिक छैन । नेपालमा नेपालीले आफ्नो अधिकारका लागि आन्दोलन गरिरहेका छन् त्यो कुरा नबुझेसम्म सुलोशन निस्किदैन ।
विहारमा हिजै चुनावको परिणाम आएको छ त्यसमा भाजपाको नराम्री पराजय भएको छ । त्यसले यहाँ काठमाडौवासी खुशीयाली मनाई रहेका छन् । के मोदीको पार्टी हार्दैमा मधेश आन्दोलन बन्द हुन्छ वा नाकाबन्दी हट्छ त ?
–पहिलो कुरा त मधेशी जनताले गरेको नाकाबन्दी र विहारको चुनावसँग कुनै तालमेल छैन । र मोदीको पार्टी हार्दैमा मधेशमा आन्दोलनमा कुनै असर पर्दैनन् किनभने भारतको नेपाल नीति केन्द्रबाट निर्माण हुन्छ विहारबाट होइन । नेपालप्रति भारतको जस्तो नीति छ त्यस्तो रहन्छ नै विहारको चुनावले कुनै असर गर्दैनन् । काठमाडौवासीको क्षणिक खुशीयाली हो । फेरि दुखको दिन चाँडै आउँछन् ।

No comments: