» » स्कुल खोल्न नदिने निर्णय


उर्मिला यादव
परासी,५ मंसिर । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको बन्दका कारण शनिवार बिहानैदेखि परासी सदरमुकाम र दक्षिणभेगको जनजीवन प्रभावित बनेको छ ।
बजार र ग्रामिण क्षेत्रमा रहेका पसल, व्यवसाय, उद्योग, कलकारखाना, यातायात सबै क्षेत्र ठप्प छन् । मोर्चाले मंसिर ५ देखि ९ गतेसम्म आमहड्तालको आव्हान गरेका छन् । बन्दका कारण तीन महिनादेखि परासी क्षेत्रको जनजीवन प्रभावित हुँदै आएको छ । राजमार्ग र नवलपुर क्षेत्रमा भने बन्दको कुनै प्रभाव छैन । राजमार्ग भएर चल्ने लामो तथा छोटो दुरिका सवारीसाधन सुचारु रुपले सञ्चालन छन् ।
   साउन २५ गतेदेखि यस क्षेत्र बन्दहुँदै आएपनि चाडपर्वमा भने एक हप्ताका लागी बन्द खुला गरिदै आइएको थियो । मोर्चाको केन्द्रिय समितिले स्कुल खोल्न दिने भएपनि जिल्ला तहमा भने चल्न नदिने निर्णय गरेको छ ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..