» » अपडेटः सुतिरहेको आन्दोलनकारीको टेन्टमा प्रहरीद्धारा आगजानी

पर्सा कात्तिक १६ गते । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चामा आवद्ध दलका आन्दोलनकारी नेता तथा कार्यकर्ताहरु वीरगञ्ज र रक्सौल नाकामा धर्ना बसिरहेको बेला आज विहानै प्रहरीले हस्तक्षेप गरेको छ ।

तराई मधेश लोकतान्त्रिक पार्टीका महासचिव जितेन्द्र सोनलका अनुसार वीरगञ्ज रक्सौलको मितेरी पुलमा सुति रहेको बेला अचानक विहान ४ बजे प्रहरीहरु आन्दोलनकारीमाथि लाठी चार्ज गर्नुको साथै टेन्टमा आगो समेत लगाई दिएक छन् । प्रहरी यसरी आउँछन् भने आन्दोलनकारीहरुले कल्पना समेत गरेका थिएन । आन्दोलनकारीहरु पुलमा सुति रहेका थिए तर अचानक प्रहरीहरु गएर कुटपिट गर्न थाले र बोतलमा लगेका पेट्रोल छर्केर टेन्टमा आगो लगाई दिएका छन् ।
सद्भावना पार्टीका केन्द्रीय सदस्य उपेन्द्र महतोका अनुसार आज बिहान करिब ५ बजे बिरंगज भंसार नाकामा नाकाबन्दी गरी बसिरहेका आन्दोलनकारी र टेन्टमा प्रहरीले आगो लगाएको बताएका छन् । उनले भने, प्रहरीले पेट्रोल छर्केर आगो लगाउँदा आन्दोलनकारी बसेको टेन्ट जलेर नष्ट भएको छ भने केही आन्दोलनकारी घाईते भएका छन।

गाउँ गाउँबाट आन्दोलनकारी वीरगञ्ज नाकामा जम्मा हुँदैछ । जुलुसहरु निस्कि रहेका छन् । टायर बालेर प्रहरी प्रशासनको विरोध गरिरहेका छन् । सोनलले भने, वीरगञ्ज नाकालाई अझ सशक्त रुपले ठप्प पारिन्छ र प्रहरी दमनको विरोध हुन्छ ।

संघीय समाजवादी फोरम नेपाल पर्साका अध्यक्ष प्रदीप यादवले भने, बीरगज नाकामा नेपाल प्रहरीद्धरा छापामार शैलीमा आन्दोलकारीमाथी हमला गरेका छ । करिब १००० एक हजारका सँख्यामा आएका नेपाल पुलिसले क्रूर तरिकाबाट सुतिरहेका आन्दोलकारीमाथी हमला गरि यहाँ रहेका टेन्ट का समानहरू पनि जलाएका छन् । त्यही हुँदापनि आनदोलकारीहरू मितेरी पुलमा जमेका छन्।

शाक्ति बस्नेतले देखाए शक्ति 
एमाओवादीबाट मन्त्री बनेका शक्ति बस्नेत जनयुद्धकै शैलीमा प्रहरीलाई परिचालन गरेको छ । उनीहरुले जनयुद्धकालमा जसरी प्रहरीमाथि छापामार शैलीमा अचानक हमला गर्थे ठिक त्यही प्रकृतिको हमला भएको बताइएको छ । सैयकडो सँख्यामा छापामार शैलीमा अध्यारो अवस्थामा गएका प्रहरीहरु सुतिरहेका आन्दोलनकारीमाथि लाठी बर्साउन थाल्नु लगतै टेन्टमा आगजानी गर्नु जनयुद्धको झझल्को थियो ।

हिजै मात्र सरकार र आन्दोलनकारी बीच सकारात्मक वार्ता भएको छ । शान्तिपूर्ण आन्दोलनमाथि दमन नगर्ने, पक्राउ परेका आन्दोलनकारीलाई रिहाय गर्ने, झुठा मुद्दा खारेज गर्ने, घाइतेलाई उपचार गराउनेलगायतक माग सरकारले पूरा गर्ने सरकारी वार्ता टोलीका संयोजक एवं उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापाले मधेशी मोर्चाका वार्ता समितिलाई जानकारी गराएका थिए ।

मधेशी मोर्चाको जनकपुरमा बसेको बैठकले पनि नाकाहरुलाई अझ सशक्त रुपले बन्द गर्ने निर्णय गरेको थियो ।
जिल्ला प्रहरी कार्यालय पर्सासँग सम्पर्क गर्दा त्यहाँका एसपीले आफूहरु नाका खुलाउन त्यहाँ सुतिरहेका दुई चारजना आन्दोलनकारीलाई हटाएको मात्र हो कसैमाथि लाठी चार्ज भएको छैन न आफुहरुले कतै आगजानी गरेको दावी गरे ।
उनले नाका खुलाएको दावी गर्दै डेढसय जति गाडि पास भएको पनि दावी गरे ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..