» » भारतपछि नेपालले पनि वीरगञ्ज घटनाबारे मुख खोले (पत्रसहित)


काठमाडौँ, कात्तिक १७ गते । वीरगञ्जको घटनामा भारतीय नागरिक मारिएपछि भारतले हिजो विज्ञप्ति जारी गरेपछि नेपाल सरकारले पनि विज्ञप्ति जारी गरी वीरगञ्ज घटनाको बारेमा स्पष्ट पारेको छ ।
सरकारले वीरगन्जमा सोमबार भएको हिंसात्मक घटनाले उग्ररुप लिएपछि बल प्रयोग गर्न सुरक्षाकर्मी बाध्य भएका स्पष्ट पारेको छ ।

सोमबार बिहान भारत–नेपालबीचको सीमा क्षेत्रमा रहेको वीरगन्ज–रक्सौल नाकामा आन्दोलनकारीको अवरोध हटाउनाका साथै दुई भारतीयसहित पाँच जनालाई प्रहरीले नियन्त्रणमा लिएपछि हप्तौंदेखि नेपाली भूमिमा रोकिएका भारतीय मालवाहक ट्रक बिहान १०ः३० बजे सीमापारि गएको परराष्ट्र मन्त्रालयले गए राति जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

प्रहरीले बल प्रयोग गरी अवरोध हटाएपछि प्रदर्शनकारीले सुक्षाकर्मीमाथि ढुङ्गामुढा र पेट्रोल बम प्रहार गरेपछि स्थिति नियन्त्रणमा लिन चेतावनीस्वरुप अश्रुग्यास प्रहार गर्नुपरेको मन्त्रालयले बताएको छ । प्रहरीले चलाएको गोलीबाट भारतीय नागरिक आशिषकुमार रामको मृत्यु भएको थियो । अधिकतम संयमताका साथ सुरक्षाकर्मीले आफ्नो भूमिका निर्वाह गरेको बताउँदै सरकारले भारतीयको मृत्यु भएकामा खेद प्रकट गरेको छ ।

वार्ताका माध्यमबाट राजनीतिक विषय सम्बोधन गर्न नेपाल सरकार प्रतिबद्ध रहेको र वार्ता सही दिशामा अघि बढेको स्पष्ट गर्दै वक्तव्यमा नेपाली भूमिमा शान्ति सुव्यवस्था कायम गर्दै विदेशी यातायात व्यवसायीसहित आवागमनलाई सहज बनाउन दृढ रहेको उल्लेख छ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले हिजो प्रधानमन्त्री केपी शर्मा ओलीलाई फोन गरी आफ्ना देशको नागरिक मारिएको प्रति आपत्ति जनाएका थिए । त्यसरी आपत्ति जनाएपछि ओलीले परराष्ट्रमन्त्री कमल थापालाई फोन गरी वीरगञ्ज घटनाको बारेमा स्पष्ट पार्न निर्देशन दिएका थिए । सो निर्देशन पछि परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी घटना बारे स्पष्ट पारेको हो ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..