» » मधेशी मोर्चाका नेताले भने, मधेशको समस्या विदेशमा खोजेर समाधान हुँदैन


नेपालगञ्ज, कात्तिक २१ गते । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेशलाई न्याय दिलाउन ओली सरकारलाई झुक्न बाध्य पार्ने चेतावनी दिएका छन् । समस्या मधेशमा छ तर सरकारले जेनेभा वा विदेशमा खोजेर मधेश समस्याको समाधान नहुने उनले बताए ।

नेपालगन्जमा लगभग सिथिल बनेको आन्दोलनमा उर्जा थप्ने उद्देश्यले नेपालगन्ज आइपुगेका अध्यक्ष यादवले मधेसमा अपराध गर्ने सरकारले मधेसी जनतालाई कष्ट दिइरहेको गुनासो पोखे । ‘यहाँ मधेसी जनतालाई निसाना बनाइएको छ, विरोध सभा सम्बोधन गर्दै यादवले भने, ‘सरकार मधेश विरोधी नभएको भए वार्ताबाट केही हल अवश्य हुन्थ्यो ।’ सरकारले मधेसी जनतालाई विदेशी जस्तै ब्यवहार गरेर दमन गरेको प्रति आपत्ति प्रकट गर्दै यादवले मधेसी जनताले अब जवाफ दिने समय नजिक रहेको बताए ।

हामी मधेसमा शासन गर्न सक्षम छौं’ उनले भने, ‘प्रधानमन्त्री ओली नझुक्ने हो भने यो समस्या लामो समयका लागि जान सक्छ ।’ मधेस सहित पूरै देशमा अहिले ग्यास, तेल, खाद्यान्न लगायतको संकट सुरु भएको बेला पनि सरकारले भारतलाई आरोप प्रत्यारोप लगाएको भन्दै यादवले आपत्ति प्रकट गरे ।

‘नाकाबन्दी मधेसी मोर्चाको कारणले भएको हो’,– विरोधसभामा बोल्दै उनले भने, ‘भारतलाई बद्नाम गरेर ओली सरकारले आफ्नो वर्चस्व बढाउने खोजेको मात्र हो ।‘ यादवले पृथ्बीनारायण शाहदेखि वर्तमान राज्यसत्ताका सबै अधिकारीहरुले मधेसलाई लुटेकाले मधेसमा आन्दोलन गर्नुपरेको बताए । उनले महेन्द्रवादी विचारधारा विपरीत राज्य पुनरसंरचना गरिएकाले बाध्य भएर संविधान अस्विकार गरेको र आन्दोलनमा होमिनु परेको बताए ।

संयुक्त थरुहट मधेसी मोर्चाले शुक्रवार नेपालगन्जमा आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै तराई मधेश लोकतान्त्रिक पार्टीका संयोजक महन्थ ठाकुरले मधेसको समस्या स्वदेशमा खोज्नु पर्ने बताए । विरोधसभालाई सम्बोधन गर्दै ठाकुरले मधेश आन्दोलनको समाधान सरकारले नेपालमा नखोजी बाहिरी मुलुकहरुमा पहल गरेर समाधान नहुने बताएका छन् । उनले भारतले नाकाबन्दी नलगाएको बताउँदै नाकाबन्दी मधेसी मोर्चाको आन्दोलनका कारण देश समस्यामा फसेको बताए ।

सरकारले निकास नदिएसम्म यसको समाधान विदेशबाट हुँदैन ठाकुरले भने, मानवीय संवेदना हामी भन्दा बढि सरकारमा हुनु पर्छ ।
तराईमधेस सदभावना पार्टीका अध्यक्ष महेन्द्र राय यादवले मधेसी, मुस्लिम, आदिवासी, जनजातिलाई सरकारले पटक पटक भिडाउने प्रयास गर्दै आएकोले सतर्क रहन आग्रह गरे । उनले यहाँ फूट डालो और शासन करो जस्तो सिद्धान्त अघि बढेको सबैले आफ्नो स्तरबाट मधेस आन्दोलनमा समर्थन गर्नु पर्ने बताए ।

मोर्चाको आन्दोलनमा सहभागीहुन बांकेका ग्रमिणक्षेत्रबाट सयांैको सख्यामा मोर्चासब्द्ध पार्टीका कार्यकर्ताहरु नेपालगन्ज आएका थिए । सभा सुरुहुनु अघि मोर्चाका कार्यकर्ताहरुले नेपालगन्जमा प्रदर्शन समेत गरेका थिए ।

कार्यक्रममा बोल्दै पूर्वमन्त्री इस्तियाक राईले आफुलाई आन्दोलनमा सहभागि नरहेको भनि बद्नाम गरिएको आरोप लगाए । यहाँ एक किसिमको आलोचना हुँदैछ म आन्दोलनमा छैन सभामा बोल्दै उनले भने, म निरन्तर बाँकेबासीहरुको साथमा छु । आन्दोलन असहयोग बारे केन्द्रिय स्तरमा उठेका प्रश्नहरुको जवाफमा समय खर्चिएका राईले अब बाँकेमा आन्दोलनको असर हेर्न चेतावनी दिए ।

गाउँ गाउँ सम्म तयारी थालेका मोर्चा बाँकेका नेता तथा कार्यकताहरुले सभास्थलमा आपेक्षकृत रुपमा जनसहभागिता जुटाएका थिए ।

About Suresh Yadav

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..