» » तीन महिनादेखि लगातार आन्दोलनमा रहेका राजेन्द्र महतो विरामी परे


काठमाडौ कात्तिक २१ गते । तीन महिनादेखि मधेश आन्दोलनमा लागेका सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो विरामी परेको छ । सद्भावना पार्टीका केन्द्रीय सदस्य एवं महतोका भतिजा उपेन्द्र महतोका अनुसार आन्दोलनमा लगातार खटेको कारण विरामी परेको छ ।
आन्दोलन शुरु भएदेखि नै अस्वस्थ्य भएको थियो तर त्यसको बावजुद पनि निरन्तर आन्दोलनमा खटि रहेका कारणले आज एकाएक विरामीले च्यापेको महतोले बताए । अध्यक्ष महतोलाई डायबीटीज, प्रेसर पहिलादेखि नै थियो र आन्दोलनको क्रममा खानपिनको तालमेल नमिलेको कारण रोग झन बढ्दै गइरहेको थियो । उनलाई डायरीय पनि भएको छ ।
उनको उपचार वीरगञ्जस्थित आफ्नै निवास (अस्थायी) मा भइरहेको छ । वीरगञ्ज रक्सौल नाकामा उनी लगातार बस्दै आएका छन् ।

About Suresh Yadav

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..