» » मोदीले अ‍ोलीलाई भने, हाम्रो नागरिक मारिएकोमा तपाईको सरकारलाई चासो किन भएन


काठमाडौ कात्तिक १७ गते । विहारको चुनाव प्रचारमा व्यस्त रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई फोन गरेर आफ्ना देशका नागरिक मारिएकोमा चिन्ता व्यक्त गर्दै त्यसको हिसाब किताब मागेको छ ।

हिजो साँझ ओलीलाई फोन गर्दै मोदीले आफू अहिले विहारको चुनावमा व्यस्त रहेकै बेला विहारी जनतालाई हत्या गर्नु राम्रो होइन, यसको जवाफ तपाईको सरकारले दिनुपर्छ भन्दै विहारको चनुाव प्रभावित पार्ने नियतले नेपालको सरकारले यस्तो गरेको भनि आरोप लगाएका थिए ।

आन्दोलनकारीको झडपमा भारतीय नागरिक मारिएको जानकारी नेपालले भारतलाई दिनुपर्दैन भनि प्रश्न मोदीले गरेका थिए । हामीले हाम्रो नागरिक हो भनि विदेश मन्त्रालयबाट रिलिज पनि गर्यौ तर तपाईका सरकारले अहिलेसम्म के गरेर बसेका छन्, भारत नागरिक मारिएको भन्दै एउटा संवेदन पनि प्रकट गरेनन् यसको बारेमा तपाईहरु तुरुन्त विचार गर्नुस् नत्र राम्रो हुँदै भन्दै ओलीको सातो लिएको एमाले पार्टी निकट स्रोतको दावी छ ।

मोदीले विहारको चुनाव सकिने वित्तिकै नेपाल र भारतको समस्याको बारेमा आफूले पहल गर्ने त्यतिबेलासम्म समयमता अपनाउन सुझाव दिएका थिए । त्यसको जवाफमा प्रधानमन्त्री अ‍ोलीले भारतीय गाडी र चालकहरुलाई नेपाली सुरक्षाकर्मीले वीरगञ्ज नाकाबाट सकुशल भारततिर पठाएपनि भारतीय भूमिमा रोकिएका गाडीहरु नेपाल प्रवेश गर्न नदिएकोमा आफूलाई दुख लागेको गुनासो गरे ।

भारतीय नागरिक नेपाली भूमिमा आई नेपाली सुरक्षाकर्मीमाथि आक्रमणमाथि ढुगांमुढा तथा पेट्रोलबम प्रहार भएपछि नेपाली प्रहरीले आत्मसुरक्षाका लागि जवाफी कारवाहीमा ती व्यक्ति घाइते भएपछि उपचारका क्रममा उनको निधन भएको पनि जवाफ दिएको स्रोतको दावी छ ।

एमाले स्थायी समितिको बैठक चलिरहेका बेला मोदीले टेलिफोन गरी घटनामा भारतीय नागरिकको मृत्यु भएको विषयमा चासो राखेको प्रधानमन्त्री अ‍ोलीका प्रेस सल्लाहकार प्रमोद दहालले बताए ।

प्रधानमन्त्रीमा प्रेस सल्लाहकार प्रमोद दाहालका अनुसार प्रधानमन्त्री ओलीले आन्दोलनकारीका पक्षबाट सुरक्षाकर्मीलाई आक्रमणको प्रयास भएकाले नियन्त्रणका लागि गोली चलाउँदा घटना भएको जानकारी गराए ।

प्रधानमन्त्री ओलीले नेपालमा भारतीय नागरिक र सवारी साधनको सुरक्षाको कुनै चिन्ता नगर्न र नेपालमा निर्वाध आपूर्तिको व्यवस्थाका लागि आग्रह गरेको समेत बताए ।

उनीहरुको बीचमा तराई मधेसमा जारी आन्दोलन र समस्या समाधानका लागि भएका वार्ताबारे पनि कुराकानी भएको थियो ।

ओली प्रधानमन्त्री भएपछि मोदीसँगको यो दोस्रो टेलिफोन वार्ता हो ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..