» » निर्वाचन १९ गते


नवलपरासी मंसिर ५ गते । नवलपरासीको कावासोतीमा रहेको कावासोती खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको नयां नेतृत्व चयनका लागि आगामी मंसिर १९ गते निर्वाचन हुने भएको छ ।
करिब पांच हजार तीन सय धारा रहेको कावासोती खानेपानीमा अहिले तीन हजार नौ सय ३७ जना मतदाता छन् । आज कावासोती खानेपानी तथा सरसफाई उपभोक्ता सस्थाले पत्रकार सम्मेलन गरी दिएको जानकारी अनुसार निर्वाचनको लागि सम्पूर्ण तयारी पुरा भएको छ । जसका लागि मंसिर ०९ गते मतदाताको अन्तिम नामावली प्रकाशन, मंसिर ११ गते उमेदवारी दर्ता, मंसिर १२ गते उम्मेदवारी माथि दावी विरोध, १३ गते उमेदवारको अन्तिम नामावली प्रकाशन र मंसिर १९ गते मतदान हुने जनाइएको छ ।
यस पटकको निर्वाचनमा नेकपा एमाले एकातिर र नेपाली कांग्रेस, एकीकृत नेकपा
माओवादी, क्रान्तिकारी नेकपा माओवादी, नेकपा माले, संघीय समाजवादी फोरम लगायतका अन्यदलहरुको एउटा प्यानल बन्ने सम्भावनादेखिएको छ ।
एमालले अध्यक्ष विष्णु भुसाललाई नै पुन अध्यक्षमा उमेदवारी दिने तयारी गरेको छ भने कांग्रेसको नेतृत्वमा अर्को प्यानलले उमेदवारी दिने भएको छ ।
एक अध्यक्ष, महिला उपाध्यक्ष एक, सचिव एक सहित १३ सदस्यीय कार्यसमिति र ३
सदस्यीय लेखा समितिका लागि मतदान हुने छ ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..