» » सरकारसँग वार्ता भंग भएको मधेशी मोर्चाको यस्तो आयो विज्ञप्ति


संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा

मितिः–२०७२–७–१६
प्रेस–विज्ञप्ति

आज एकाविहानै विरगंजको सीमामा सरकारद्वारा गरिएको व्यापक अमानविय दमन प्रति संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको गम्भीर ध्यानाकर्षण भएको छ । विगत ३÷४ दिन देखि सरकार दमन गरेर तराई–मधेश–थरुहट आन्दोलनलाई समाप्त गर्ने उद्देश्यका साथ आन्तरिक तैयारी गर्दै थियो । एका तर्पm सेनालाई पुनः परिचालन गर्ने, शसस्त्र प्रहरीलाई क्रियाशिल बनाउने, निषेधित क्षेत्रको विस्तार गर्ने कार्य हुँदै थियो र अर्को तर्पm वार्ताको नाटक मञ्चन पनि गर्दै थियो । वार्ता प्रति सरकार कहिल्यै गम्भीर रुपले प्रस्तुत भएन । सरकारले वार्तालाई रणनीतिको रुपमा अख्तियार गरी चरम दमन गर्न उतारु भएको देखिन्छ । अतः उपरोक्त घटनाहरुलाई हेर्दा वार्ता र सम्वादलाई नै समाप्त पार्ने सरकारी षडयन्त्र उद्धत रहेको देखिन्छ । चरम दमनमा उतारु सरकारी रवैयाको हामी घोर निन्दा र भत्सर्ना गर्दछौं । यसले वार्ताको वातावरण समाप्त गर्ने अवस्था सृजना भएको नेपाली जनतालाई विनम्र निवेदन गर्दछौं । यसवाट उत्पन्न हुने मुठभेडको अवस्थाको जिम्मेवारी सरकारको हुनेछ ।
  तसर्थ अविलम्ब सरकार जिम्मेवारी ढंगले प्रस्तुत भई वातावरणलाई सहज बनाउन भूमिका निर्वाह गरोस् भनि हाम्रो धारणा छ । आजको विरगंज घटनामा एक जना शहीद भइसकेको र सैकडौ सख्त घाईते भएका छन् शहीद प्रति हार्दिक श्रद्धानजली व्यक्त गर्दै घाईतेको शिघ्र स्वास्थ्य लाभको कामना गर्दछौं ।


   .............................   ................................
      हृदयेश त्रिपाठी  लालबाबु राउत
        उपाध्यक्ष     उपाध्यक्ष
तराई–मधेश लोकतान्त्रिक पार्टी                         संघीय समाजवादी फोरम, नेपाल


............................                                                      ..............................
 लक्ष्मण लाल कर्ण                                                      रामनरेश राय
    उपाध्यक्ष                                                       वरिष्ठ नेता
  सद्भावना पार्टी   तराई–मधेश सद्भावना पार्टी, नेपाल
 ........................
  समिम अन्सारी
 राष्ट्रीय मुस्लीम संघर्ष गठबन्धन
     अध्यक्ष


About Suresh Yadav

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..