» » आज क-कसले छाड्दैछन् एमाओवादी पार्टी ?

काठमाडौ कात्तिक १७ गते । नयाँ शक्ति निर्माण अभियानमा लागेका डा. बाबुराम भट्टराईलाई समर्थन गर्ने नेताहरूले आज प्रचण्ड नेतृत्वको एमाओवादीबाट अलग हुने घोषणा गर्दैछन् ।

हिजो सानेपास्थित भट्टराई निवासमा भएको छलफल अनुसार एमाओवादीबाट अलग हुने नेताहरुमा देवेन्द्र पौडेल, हिसिला यमी, नवराज सुवेदी, रामचन्द्र झा, वामदेव क्षेत्री, महेन्द्र पासवान, भक्तबहादुर शाह,गंगा श्रेष्ठ, कुमार पौडेल, रामरिझन यादव, प्रभु साह, लीलबहादुर थापा, रामकुमार शर्मा, नन्दन दत्त, बलावती शर्मा, देवी खड्का, लीला भण्डारी, कर्णध्वज केसी, कृष्ण शर्मा, खिमलाल देवकोटा, कल्पना धमला, देवेन्द्र पराजुली, घनश्याम यादव, उपेन्द्र साह, चिनक कुर्मी, सुशीला श्रीपाइली, सोनामसिंह स्याङ्तान, राजेन्द्र किराँतीलगायतका नेताहरु छन् ।

 नेता पौडेलले आज एमाओवादी केन्द्रीय कार्यालयमा आफूहरू सो पार्टीबाट अलग भएको घोषणासहितको सामूहिक पत्र बुझाउने बताए । नयाँ शक्ति अभियानका नामबाट संगठन विस्तार गरेर दुई महिनापछि मात्रै नयाँ पार्टी घोषणा गर्ने बताउँदै उनले ५० जनाभन्दा बढीले एमाओवादीबाट हुने दावी पनि गरे । एकडेढ महिना हामी गाउँ, टोल, स्कुल, कलेज र कारखानासम्म नयाँ शक्ति अभियान पुर्‍याउँछौुं, पौडेलले भने, ुमार्क्सवादलाई समृद्ध पार्ने गरी अगाडि बढ्छौं।

एमाओवादीका आठ नेता सहभागी रहेको एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार वामपन्थी नभएर सामाजिक फासीवादी रहेको टिप्पणी गर्दै नेता पौडेलले अन्नपूर्णसँग भने, ‘हामी नयाँ शक्ति अभियानमा सहभागी हुन्छौं, पार्टी नै परित्याग गर्दैनौं।ु


About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..